Girl in a jacket

केन्द्र सरकारकाे निर्णय बिर्तामाेड नगरले नटेर्ने

बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाले केन्द्र सरकारद्वारा पूर्व घोषित हरेक आइतवारको सरकारी बिदा कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सेवाग्राही र स्थानीय संघसंस्था समेतको मागका आधारमा आइतवारको बिदा कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थको खपत घटाउने जनाउँदै यसअघि केन्द्र सरकारले शनिवार र आइतवार गरी दुई दिन सरकारी कार्यालय बिदा दिने निर्णय गरेको थियो ।

आइतवार पनि सरकारी कार्यालय बिदा दिने केन्द्र सरकारको घोषित नीतिप्रति स्थानीय सरकारका तर्फबाट बिर्तामोड नगरपालिकाले कार्यपालिका बैठकमार्फत असहमति जनाएको छ ।

प्रतिस्पर्धी जमानामा दुई दिन बिदा गरेर हुँदैन’, नगर प्रमुख प्रसाईले भनिन्, ‘दुई दिनको बिदाको औचित्य समेत पुष्टि नभएपछि स्थानीयको माग र आवश्यकताका आधारमा केन्द्र सरकारको निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेका हौँ ।’

नगर प्रमुख प्रसाईले असार १ गतेदेखि साविक बमोजिम नगर क्षेत्रभित्रका सबै सरकारी कार्यालय र सामुदायिक विद्यालयहरु नियमित खुल्ने बताइन् ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

शिवसताक्षीमा माओवादीको आरोप : कांग्रेस संगको गठबन्धनले चुनाव हारियाे

Read Next

दूधे भेट्रानले गर्यो मनोजलाई सम्मान

Leave a Reply

Your email address will not be published. Required fields are marked *