Girl in a jacket

तस्बिरमा हेर्नुहोस् सताक्षीधामकाे बोलबम

झिलझिले / साउन महिनाको चौथो सोमबार आज झापाका अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ ।
पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु नजिलको जलाधारबाट खालि खुट्टा पैदल शिवालय मन्दिरमा जल चढाउन आएका छन् । साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने धार्मिक चलन छ ।
साउने सोमबारका व्रतालु महिलाहरुको पनि झापाको सताक्षीधाम, अर्जुनधारा जलेश्वर धाम, माईधाम मन्दिर लगायतका शिवालयहरुमा बिहानैदेखि घुइँचो छ ।
हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

काँकडभिट्टा-लौकही सडक: तीन डिजाइनमा निर्माण

Read Next

एकै घरका तीनजना रूखमा झुन्डिएपछी

Leave a Reply

Your email address will not be published. Required fields are marked *