Girl in a jacket

पछिल्लो अपडेट :

  • June 14, 2021

शिवसताक्षी नगरपालिकाले ५७ करोड ९७ लाख बजेट पाउँदा बाँकी तहले कति पाए ?

दुधे / झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आठ नगरपालिकाका लागि रु चार अर्ब ५९ करोड २९ लाख र सात गाउँपालिकाका लागि रु दुई अर्ब ५९ करोड १५ लाख बजेट विनियोजन भएको हो ।

नगरपालिकामध्ये सबभन्दा बढी मेचीनगर नगरपालिकालाई रु ७६ करोड ५२ लाख बजेट छ । अर्जुनधारा नगरपालिकालाई रु ४७ करोड ७१ लाख, कन्काईलाई रु ५८ करोड १८ लाख, गौरादहलाई रु ४८ करोड ५१ लाख, दमकलाई रु ७० करोड १७ लाख, बिर्तामोडलाई रु ७० करोड १७ लाख, भद्रपुरलाई रु ५० करोड ६ लाख र शिवसताक्षी नगरपालिकालाई रु ५७ करोड ९७ लाख बजेट विनियोजन भएको छ ।

यसैगरी गाउँपालिकामध्ये सबैभन्दा बढी बजेट कमल गाउँपालिकालाई रु ४८ करोड ३३ लाख छुट्टिएको छ । गौरीगञ्जलाई रु ३४ करोड ८६ लाख, कचनकबललाई रु. ३८ करोड ८७ लाख, झापालाई रु ३४ करोड ८४ लाख, बाह्रदशीलाई रु ३४ करोड १८ लाख, बुद्धशान्तिलाई रु ३५ करोड ७६ लाख र हल्दिवारी गाउँपालिकालाई रु ३२ करोड ३१ लाख बजेट विनियोजन भएको छ ।

कमेन्ट गर्नुस्

admin

Read Previous

बिरामी बाेकेकाे एम्बुलेन्स दुर्घटना हुँदा एककाे मृत्यु

Read Next

शिवसताक्षी नगरपालिकाले संक्रमित बचाउन गर्यो अक्सिजन सिलिण्डर सहयोगको आह्वान

Leave a Reply

Your email address will not be published. Required fields are marked *