Girl in a jacket

बसको ठक्करबाट सडक यात्रीको मृत्यु

बिर्तामोड/ पूर्वपश्चिम राजमार्ग पार गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिँदा मंगलबार झापाको बिर्तामोडमा एक सडक नागरिकको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार ना ६ ख १५२० नम्बरको यात्रुबाहक बसको ठक्करबाट बिर्तामोड बजार र आसपासका बजार क्षेत्रमा सर्वसाधारण नागरिकसँग सहयोग मागेर जीवन गुजारा चलाउने सडकयात्रीको मृत्यु भएको हो ।

यात्रुवहाक बसको ठक्करबाट गम्भीर घाइते भएका बिर्तामोड नगरपालिका वडा नं ६ का ३२ वर्षीय सागर मिश्रको विर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा अपराह्न ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले ठककर दिने बस र सोका चालकलाई नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुस्

admin

Read Previous

झापामा गठन भयो भूमी समस्या समाधान आयोग : अध्यक्षमा गिरी, सदस्य द्वयमा खनाल र अधिकारी नियुक्त

Read Next

शिवसताक्षीमा दुर्घटना, दुई जनाको मृत्यु (UPDATE)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box