Girl in a jacket
  • February 27, 2021

पर्यटक लोभ्याउन झिलझिलेमा चौतारी रेष्टुरेन्ट

झिलझिले / पर्यटकीय शिवसताक्षी नगरमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ ।

सामाजिक क्षेत्रमा सक्रिय शिवसताक्षी ११ झिलझिलेका वृजेश गिरीको आधा करोड लगानीमा फरक पहिचानको रेष्टुरेन्ट एण्ड गेष्ट हाउस संचालनमा आउन लागेको हो । गिरीले उक्त रेष्टुरेन्टको नाम चौतारी दिएका छन् ।

पुर्व पश्चिम राजमार्गको झिलझिले दुधे सडक खण्डको सतासी पुल उत्तर २ सय मिटर पुर्व निर्माधिन अवस्थामा रहेको उक्त रेष्टुरेण्टको फागुन अन्तिम साता विधिवत उद्धघाटन गरिने संचालक गिरीले बताए । शिवसताक्षी नगरका सताक्षीधाम, दोमुखा, चिल्लागढ पोखरी लगायतका धार्मीक तथा पर्यटकीय क्षेत्रमा आउने आन्तरिक तथा वाहिय पर्यटकलाई लक्षित गरेर रेन्टुरेन्ट सञ्चालनमा ल्याउन लागेको गिरीले बताएका छन् । ‘पुर्वपश्चिम राजमार्ग संगै रेष्टुरेन्ट जोडिएकोले राजमार्गबाट आवत जावत गर्ने अन्य सर्वसाधरणले पनि राहत पाउने छन्,’ उनले भने ।

सञ्चालनमा आउन लागेको रेष्टुरेन्टमा नेपाली, ईन्डीयन, कन्टीनेटल, चाईनिज र ईटलियन स्वादका विभिन्न परिकारहरु एकै ठाउँमा ग्राहवर्गहरुले पाउने गिरीले बताए । ग्राहकको ईच्छा अनुसार भेज तथा ननभेजको पनि परिकार रेष्टुरेन्टमा पाइने छ । त्यसका लागि संचालकले किचन रुम र कुक मेन पनि अलग अलग राख्ने भएका छन् ।

नन भेजका लागि सेकुवाको वास्तविक स्वाद र विभिन्न पारिकारले यस रेष्टुरेन्टको फरक पहिचान हुने उनको दावी छ । रेन्टुरेन्ट भित्रका तीन कोठा एसी जडित हुनेछन भने अन्य ७ वटा स्ट्यान्डर लेवलका एटेच गेष्ट रुम हुने छन् ।

चौतारी रेष्टुरेन्टमा आउनेले शिवसताक्षी नगरका सताक्षीधाम, दोमुखा, चिल्लागढ, शिवगञ्जको धरहरा, डुडामारीको सिमसार जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्र तस्वीरमा देख्न पाउने छन् । धार्मीक तथा पर्यटकीय क्षेत्रको तस्वीर राखेर ग्राहकवर्गहरुको ध्यान समेत रेष्टुरेन्टले केन्द्रित गर्न खोजेको छ ।

‘खानामा यतिवेला आम सर्वसाधरणले विशेष ध्यान दिन थालेकोले खानाको गुणस्तरमा विशेष ध्यान दिदै ग्राहकमैत्री किचेनका साथै हरेक परिकार तथा क्षेत्रमा हाईजिन मेन्टेन गरिने छ,’ गिरीले भने ।

उनका अनुसार भविष्यमा पारिवारिक रुपमा आउने बच्चाबच्चीहरुका लागि छुटै किड्स प्ले रुम पनि स्थापना गरिने छ । जसका कारणले ग्राहकलाई आर्कर्षित गर्नेछ । बालबालिकाले विभिन्न खेलौना सामाग्रीहरु खेल्दै रेष्टुरेन्ट भित्र रमाउन सक्नेछन् । उनका अनुसार यो सेवा निशुल्क हो । परिवारका अन्य सदस्यहरुले छोराछोरीसंग रमाउदै, खेलाउदै विभिन्न परिकारका स्वादको मज्जा लिन पाउने उनले बताए ।

रेष्टुरेन्टमा कोर्पोरेट हाउसले आफ्नो पार्टी तथा विभिन्न मिटिङ्ग, गोष्ठी सेमिनार गर्न मिल्ने एसी हल व्यवस्था हुने छ । जसले पूर्ण शान्त वातावरणमा कर्पोरेट हाउसकर्मीहरुले समेत रमाउन सक्ने गिरीले बताए ।

संचालक गिरी को हुन् ?

शिवसताक्षी नगरमा केहि समय यता सामाजिक क्षेत्रमा अगुवा युवाका रुपमा चिनिन्छन वृजेश गिरी । रेष्टुरेन्ट संचालनका लागि उनका सहकर्मी सनित राईले पनि साथ दिएका छन् । चौतारी रेष्टुरेण्ट स्थापनाका लागि दुबै जना युवाको लगानी दामासाही छ ।

लागु औषध दुव्र्यसन नियन्त्रण अभियानमा उनि निक्कै सक्रिय युवाको रुपमा नगरमा गनिन्छन् । कुलतमा फसेका युवा युवतीलाई सही मार्ग निर्देशमा उनको भुमिका अहम् छ । स्थानीय भन्छन्, ‘गिरी लगायतका युवा सक्रिय भएर मैदानमा आउन थालेपछि दुव्र्यसनमा फसेका युवायुवतीले कुलतको बाटो छोडेका छन् ।’ गाँउ गाँउमा पुगेर कुलत विरुद्धको अभियानमा उनले युवायुवतीको चेतना स्तर बढाईदिएका छन् । कतिपय कुलतमा लागेका युवाले यतिवेला उनको अभियानमा साथ दिएका छन् ।

गिरीले होटल र रेष्टुरेन्टको अनुभव दुवईमा १० वर्ष बिताएका बेला लिएका हुन् । उनले आफ्नै लगानीमा वरदुवईमा रेष्टुरेन्ट संचालन गरेका थिए । १ वर्ष देखी नेपाल बस्दै आएका गिरीले बाल्यकालमै बाबुको साथ गुमाएका थिए । अधिकाँस गिरी परिवार यातायात उद्यमी हुन् । उनले भने, ‘मेरा सवै काका बडिवाहरु यातायात क्ष्ँोत्रमा हुनुहुन्छ । म चै विदेशमा सिकेको अनुभवलाई आफ्नै ठाँउमा व्यवहारमा उतारेर जिविकोपार्जनको गतिलो श्रोत बनाउने छु ।’

‘मैले गरेको लगानीले १० जना युवालाई रोजगार मिल्ने छ । कुलत छाडेर समाज परिवर्तनका लागि मेरो अभियानमा जोडिएकालाई मेरो रेष्टुरेन्टमा कामको अवसर दिने छु,’ उनले भने ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

सरकारका बिरोधीहरु हिटलर र गोयबल्सका नयाँ अवतार हुन् : गृहमन्त्री थापा

Read Next

उर्लाबारीमा सवारी दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box