Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021

झापामा कोरोनाले एक जनाको मृत्यु, ५० जना संक्रमित

झिलझिले / झापामा बुधवार ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार १८ महिलासहित ५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा २ महिलासहित ७ जना, बिर्तामोडमा ६ महिलासहित १३ जना, मेचीनगरमा २ जना पुरुष, भद्रपुरमा १ महिलासहित ३ जना, कनकाईमा ३ जना पुरुष, अर्जुनधारामा १ जना महिला, बुद्वशान्तिमा १ जना महिला, गौरीगञ्जमा ५ महिलासहित ११ जना, कमलमा २ महिलासहित ४ जना, शिवसताक्षीमा ३ जना पुरुष, बाह्रदशीमा १ जना पुरुष र झापा गाउँपालकामा १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

त्यस्तै मृत्यु हुनेमा झापा गाउँपालिका–४ का ५५ वर्षीय पुरुषको विराटनगर स्थित नोवेल मेडिकल कलेजमा मृत्यु भएको फोकल पर्सन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ४८९५, डिस्चार्ज ४५२४, आइसोलेसनमा २३९ जना, कुल संक्रमित एन्टिजेन २९ जना र मृत्यु हुनेको संख्या १३२ जना पुगेको उनले बताए ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

होटल व्यवसायी मृत्यु प्रकरण: न्याय नपाए मृतकका परिवारले आन्दोलन गर्ने

Read Next

समाचार प्रभाव: पाउने भए झापा आन्दोलनका योद्धा तामाङले पक्की घर

Leave a Reply

Your email address will not be published. Required fields are marked *