Girl in a jacket

पछिल्लो अपडेट :

  • June 14, 2021

पायल्स,दम र उच्च रक्तचापबाट पीडित ८६ वर्षीय संक्रमितको मृत्यु

शिवगञ्ज / पायल्स, दम र उच्च रक्तचापबाट वर्षौ देखि पीडित शिवसताक्षीका एकजना संक्रमितको मृत्यु भएको छ ।

स्थानीय वडा नं. ४ का ८६ वर्षीय बृद्धको आम्दा अस्पतालमा सोमबार राति साढे १० बजे मृत्यु भएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखाका संयोजक हरी बिमलीका अनुसार १४ गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो । कोरोना भाइरसको दोस्रो लहर शुरु भएयता शिवशताक्षी नगरमा संक्रमणका कारण चार जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

पाँच अर्बको काँकडभिट्टा-इनरुवा रेलमार्ग मुआब्जामै रोकियो

Read Next

पाँचथरमा दुर्घटना : दुई जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *