झिलझिले / नेपाली कांग्रेसका तर्फबाट झापा निर्वाचन क्षेत्र नं ४का सम्भावित उम्मेदवारले निर्वाचन लक्षित कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । नेपाली कांग्रेसका झापा सभापति समेत रहेका कांग्रेस नेता देउकुमार थेवेले निर्वाचन लक्षित कार्यक्रम लाई तीव्रता दिएको हो नेपाली काँग्रेस झापा निर्वाचन क्षेत्र नम्बर ४ ले जनाएको छ ।
झापा क्षेत्र नम्बर ४ बाट देउकुमार कुमार थेवेको एकल नाम सिफारिस भएको छ । उम्मेदवारका रूपमा आफ्नो नाम सिफारिस भएपछि नेता थेबेले कार्यकर्तासँग भेटघाट, मतदाताका अपेक्षा, विकास निर्माणका विषयमा दफाबार छलफल चलाउँदै आएका छन् ।
कनकाई नगरपालिकाको वडा नं १-७, शिवसताक्षी नगरपालिकाका ११ वटै वडा, झापा गाउँपालिकाका सबै वडा, गौरादह नगरपालिकाको वडा नम्बर ९ र गौरीगञ्ज गाउँपालिकाको वडा नं १ र २ गरेर झापा ४ मा २८ वडा रहेका छन् । यी सबै वडामा नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचन लक्षित कार्यक्रमलाई तीव्रता दिएको नेपाली कांग्रेस शिवसताक्षी नगर सभापति अशोक बस्नेतले बताए ।
हिजोमात्र कनकाई नगरपालिका र त्यसको अघिल्लो दिन झापा गाउँपालिकामा नेपाली कांग्रेसको निर्वाचन लक्षित कार्यक्रम थियो ।
शनिबार शिवसताक्षी नगरपालिकाको वडा नम्बर ८ र ११ का पार्टीका कार्यकर्तालाई नेता थेबेले संयुक्त रुपमा सम्बोधन गरे । झिलझिलेको किराँत राई यायोक्खाको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता थेवेले भने,‘जताततै नेपाली कांग्रेसको जनलहरले यसपटकको निर्वाचनमा पार्टीले निश्चित जित निकाल्दै छ।’
शिवसताक्षी नगरपालिका वडा नं ११ का पार्टी सभापति पृतम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सचिव कुमार बुढाथोकीले गरेका थिए । नेपाली कांग्रेसका शिवसताक्षी नगर सभापति असोक बस्नेतले भेलाको औचित्यमाथि प्रष्ट पारेका थिए । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले तोकेको उमेद्वारलाई विजय गराउन जस्तोसुकै त्याग गर्न पनि कार्यकर्ता अग्रसर हुनुपर्ने सभापति बस्नेतको भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि मच्छिन्द्र शेर्मा, सान्ता बस्नेत , पार्टीका पूर्व जिल्ला सचिव ज्ञानेन्द्र बहादुर नौपाने ले आआफ्ना धारणा राखेका थिए ।
धार्मिक तथा पर्यटकीय क्षेत्र सहित ऐतिहासिक भूगोलमा समेटिएको शिवसताक्षी नगरको झापामा छुट्टै विशेषता रहेको नेता थेवेले बताएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि शिक्षा, पूर्वाधार निर्माण, बिजुली, तटवन्ध लगायतका विकासका कामले गति लिएको नेता थेवेले बताए।
नेपाली कांग्रेसका नेता देउमान थेबेको वडा दौडाहा सुरु
