झिलझिले / झापाको शिवसताक्षीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
वडा नम्बर ३ का ७५ वर्षीय नराध्वज लिम्बूको बुधबार राति ८ बजे डुबेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार सडक किनारमा जमेको पानीमा उनी चिप्लिएर लडेका थिए ।
२ फिट गहिराइको पानीमा डुबेर उनको घटनास्थलमै मृत्युभएको प्रहरीले जनाएको छ । ‘छिमेकीको शवयात्रामा सहभागी उनले मापसे गरेका थिए ।’स्थानीयबासीको भनाई उदृत गर्दै प्रहरीले भन्यो,‘ ‘घटनास्थल अप्ठ्यारो र मापसे गरेका कारण उनको टाउको मात्र डुबेको थियो ।’
प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।