झिलझिले / पुर्व पश्चिम राजमार्गमा अनाधिकृत रुपमा पार्किङ गरी राखिएको टिपरमा ठोकिएर घाइते भएका झापा शिवसताक्षी ८ झिलझिलेका नविन राईको उपचारका क्रममा शनिवार विहान २ बजे मृत्यु भएको छ ।
विर्तामोड स्थित विएण्डसी अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरिक्षक कृष्ण कोइरालाले बताएका छन् । कमल गाउँपालिकाको सहिद गेटमा बुधबार राति सवा आठ बजे राई दुर्घटनामा परेका थिए ।
तीन दिनदेखि बिग्रिएर थन्किएको टिपरमा उनि सवार स्कुटी ठोकिएको थियो । मे ५ प ३५२३ नम्बरको स्कुटी राजमार्गको दक्षीण तर्फ पार्किङ गरी राखिएको ना ८ ख ३१८७ नम्बरको टिपरमा ठोकिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
चार दिनदेखि अस्पतालमा उपचार गराइरहेका राईको भेन्टिलेटरमा उपचार भईरहेको थियो ।
टाउकोमा गम्भिर चोट रहेका राईको चिकित्सकले बचाउन अधिकतम प्रयास गर्दा पनि नसकेको अस्पतालका जन सम्पर्क अधिकारी प्रमिस गिरीले बताएका छन् ।
One Comment
Rip