Girl in a jacket

सप्तरी दुर्घटना : शिवसताक्षी र भद्रपुरका एक-एक सहित ३ को मृत्यु

शिवसताक्षीका मृतक सापकोटा

झापा / सप्तरीमा आज भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

सप्तरीको खडक नगरपालिका–४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा दुई र शम्भुनाथ नगरपालिका–८ मिलन चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ५६ प २५१५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको स. ५ प ८४३४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुवै मोटरसाइकलमा सवार एक-एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा बा. ५६ प २५१५ नम्बरको मोटरसाइकल सवार झापाको शिवसताक्षी नगरपालिका–०८ बस्ने २२ वर्षीय विवेक सापकोटा र स. ५ प ८४३४ नम्बरको मोटरसाइकल सवार झापाको भद्रपुर नगरपालिका–४ बस्ने वर्ष २१ का दयारामसिंह राजवंशीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । महोत्तरीको मटिहानी नगरपालिका–७ बस्ने ३५ वर्षीय चन्दनकुमार साह गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारार्थ विराटनगरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

यसैगरी शम्भुनाथ नगरपालिका–८ मिलन चोकमा भएको दुर्घटनामा स.२ प ३३३३ नम्बरको मोटरसाइकल पछाडि सवार सप्तरीको बलान बिहुल गाउँपालिका–६ रौतहटका ४० वर्षीय प्रमोद मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई पछाडिबाट ना.५ ख ९००० नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो ।

बसको ठक्करले गम्भिर घाइते मण्डललाई सप्तऋषि अस्पताल लहानमा उपचार हुन नसकेपछि थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएको थियो । उपचारको क्रममा मण्डलको मृत्यु भएको प्रनाउ काफ्लेले बताए । मोटरसाईकल चालक बलान बिहुल गाउँपालिका–६ रौतहटका ३२ वर्षीय अमरनाथ यादव सामान्य घाइते भएका छन् । दुर्घटनाग्रस्त बस नियन्त्रणमा लिनुका साथै चालक चितवनको माडी नगरपालिका–४ का ३७ वर्षीय सुरेश रिमाललाई प्रहरीले पक्राउ गरेको छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

नेपाली कांग्रेसको अनुकरणीय काम : दशैँको अक्षता मुछने चामल नभएका परिवारलाई सहयोग

Read Next

हात्ती धपाउन राखेको विद्युतीय बारमा करेन्ट लागेर एकजनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *