Girl in a jacket

पछिल्लो अपडेट :

  • June 14, 2021

फूलको गमलामा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

दुधे / झापाकाे दुधेमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ अहिले एक जना युवककाे मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ बस्ने ४० वर्षीय जीवनकुमार दर्नालको मृत्यु भएको हो । शिवगञ्ज बाट दुधे तर्फ मे १२ प २३८४ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दर्नाल बजार सजावटका लागि राखिएका फूल सहितको गमला मा ठोक्किएका थिए ।

स्थानीय प्रत्यक्षदर्शी नवीन बास्कोटाका अनुसार तीनवटा गमला फुटेको छ । उनको उपचारका लागि बिर्तामोड लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

गणतन्त्र दिवसमा कनकाई नगरका प्रमुखले अक्सिजन प्लान्टका लागि दिए १० लाख

Read Next

शिवसताक्षीको कोभीड अस्पताल सोमबारदेखि संचालनमा आउने, लुथरनले दियो स्वास्थ्य सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *