Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021

चारपानेमा दुर्घटना : मोटरसाइकल अनियन्त्रित हुँदा युवतीको मृत्यु

बिर्तामोड / पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ रामचोकमा शनिबार साँझ मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा पछाडि सवार एकजना युवतीको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ५५२० नम्बरको मोटरसाईकलमा सवार अर्जुनधारा नगरपालिका वडा नं २ बस्ने सुसना राईको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भएकी राईको उपचारको क्रममा विर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय सन्तोष थापा सकुसल छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

करेन्ट लागेर किशोरीको मृत्यु

Read Next

कुबेत सरकारको सहयोगमा पानी किसानको गरा-गरामा पुर्‍याइँदै, ११ हजार हेक्टरमा सिँचाइ पुग्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *