झापा / नेपाल प्रहरीमा श्रीमान/श्रीमती एकैपटक नायब उपरीक्षक (डिएसपी) हुने तयारीमा छन् । नेपाल प्रहरीमा हाल ५७ डिएसपीको पद रिक्त छ । प्रहरी प्रधान कार्यालयले छिट्टै डिएसपी बढुवाको तयारी गरिरहेको छ ।
शर्मिला गुरुङ र अनिलकुमार घिमिरे एकैपटक डिएसपी हुन लागेका हुन् । उनीहरु १० वर्षअघि २०६७ भदौमा प्रहरी निरीक्षकबाट सिधै सेवा प्रवेश गरेका थिए ।
महानगरीय प्रहरी प्रभाग बलम्बुको नेतृत्व गरिसकेकी गुरुङ हाल प्रहरी मुख्यालयमा छिन् । प्रहरी संगठनभित्र उनको व्यवसायिक र निडर अधिकृतको छवि छ ।
अनिलकुमार घिमिरे संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत छन् । घिमिरे पनि क्षमतावान र व्यवसायिक प्रहरी अधिकृत हुन् ।