Girl in a jacket

पछिल्लो अपडेट :

  • June 14, 2021

बिजुलीको नाङगो तार छुँदा बालकको मृत्यु

झापा / झापामा बिजुलीको करेन्ट लागेर एकजना बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार बिहान बिर्तामोड नगरपालिका १० ठुटेबर चोकका कुमार गुरुङको निर्माणाधीन घरमा पानि तान्ने मोटरको नाङगो तार छुँदा उनका ३ वर्षीय छोरा अभिनासको करेन्ट लागेर मृत्यु भएको हो ।

पानी तान्ने मोटरको नाङ्गो तारमा छुँदा करेन्ट लागेर अभिनास गम्भीर घाइते भएका थिए । उपचारको लागि बिर्तामोडको मनमोहन अस्पतालमा ल्याइएका अभिनासको डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले बताए ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

जलेर घाइते भएकी वृद्धाको मृत्यु, दुई छोराको उपचार हुँदै

Read Next

झापामा अक्सिजन बैंक शुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *