मन्जिल नेपाल
दुधे / झापाको शिवसताक्षीमा आजदेखि सुरु हुने वडा स्तरिय नकआउट फुटवल प्रतियोगिताको अन्तिम तयारी पुरा भएको छ । आज दिउँसो झापा निर्वाचन क्षेत्र नम्बर ४ का संघिय सांसद एलपी साँवा लिम्बुले प्रतियोगिताको एक भव्य कार्यक्रमका विच उद्घाटन गर्नेछन् ।
आयोजकका अनुसार उद्घाटन खेल वडा नम्बर २ र ८ बीच हुनेछ । ५ गतेको खेल वडा नम्बर १ र ११ विच हुने आयोजक समितिले जनाएको छ । यस्तै ६ गते वडा नम्बर ३ र ९ र असोज ७ गते वडा नम्बर ४ र ७ बीच प्रतिस्पर्धा हुने जनाईएको छ ।
असोज ८ गते वडा नम्बर ६ र १० बीच खेल हुनेछ भने ९ गते शिवसताक्षी भेट्रानले क्वाटर फाइनलबाट छनौट हुने वडा नम्बर ३ वा ९ संग भिड्नु पर्नेछ । प्रतियोगिताको अन्तिम खेल असोज १५ गते हुने आयोजक समितिका अध्यक्ष सुरेन लिम्बुले बताएका छन् । खेल शिवसताक्षी नगरपालिका वडा नम्बर ९ उत्तरकाे खेल मैदानमा हुनेछ ।