Girl in a jacket

गोलिया सहित सामुदायिक बनका पदाधिकारी पक्राउ

माइधार / गैडें सामुदायिक वन शिवसताक्षी–१० का अध्यक्ष अमृत कार्की र उपाध्यक्ष नन्द बहादुर राय पक्राउ परेका छन् ।

उनीहरुलाई काठ तस्करी आरोपमा शुक्रवार पक्राउ गरिएको दमक सव डिभिजन वन कार्यालयका प्रमुख एकराज दाहालले जानकारी दिए । उनका अनुसार ३२१ क्युफिट साल जातको काठ तस्करी गरेको आरोपमा पक्राउ गरिएको छ ।

पक्राउ परेका अध्यक्ष र उपाध्यक्षलाई डिभिजन वन कार्यालय झापाको कार्यलय चन्द्रगडीमा राखिएको छ । अध्यक्ष कार्की र उपाध्यक्ष रायको नेतृत्वमा रतुवामाई वृक्षारोपण आयोजनामा सुकेका खडा रुख दुई थान काटेर गोलिया बनाउँदै गर्दा पक्राउ गरिएको हो ।

उनीहरुले १ थान रुख काटेर गोलिया बनाई गैडे सामुायिक वनको हाताभित्र परालले छोपेर राखेको अवस्थामा फेला पारिएको थियो । संयुक्त गस्तीका क्रममा पक्राउ परेका दुवैलाई वन ऐन २०७६ बमोजिम कारवाही हुने दमक सव डिभिजन वन कार्यालयका प्रमुख दाहालले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

ब्राउन सुगरसहित ६ पक्राउ

Read Next

कोरोना महामारीका बेलापनि जनआस्थाको नाफा २३ लाख माथि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box