Girl in a jacket

पछिल्लो अपडेट :

  • June 14, 2021

दुई जना मिलेर आफ्नै साथीकाे हत्या

 लेटाङ्ग/ मोरङको लेटाङमा दुई जना मिलेर आफ्नै साथीको हत्या गरेका छन् ।

ढेड वर्ष अगाडी काम गरेको पैसाँ नदिएपछि मोरङको लेटाङ नगरपालिका ३ का २२ वर्षीय रोमन राईको हत्या आफ्नै दुई जना साथीले गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको हो ।

साथीको हत्या आरोपमा इलाका प्रहरी कार्यालय लेटाङ्गले शनिबार विहान लेटाङ ३ का २१ वर्षीय सुशील दर्जी नेपाली र २० वर्षिय दिलबहादुर लिम्बु पक्राउ परेका छन्

पक्राउ परेका लिम्बु र दर्जी रोमनलाई काम गरेको पैसा माग्न शुक्रबार राती साढे ८ बजे उनकाे घर पुगेका थिए ।

ढेड वर्ष अगाडी काम गरेको पैसाँ माग्ने क्रममा आपसी विवादका क्रममा रोमनको पेटमा सुशील र दिलबहादुरले छुरा प्रहार गरेर गम्भिर घाइते बनाएकाे प्रहरीले जनाएको छ ।

राईलाई गम्भिर घाइते बनाएपछि उनीहरू फरार भए । रोमनका आफन्तले उपचार गर्न विराटनगरस्थित विराट नर्सिङ होममा ल्याउने क्रममा बाटोमा राती साढे १० बजेतिर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

छुरा प्रहरा गर्ने  र मृत्यु हुने रोमन तीनै जना साथी हुन् । ढेड वर्ष अगाडी रोमनले ट्याक्टर भाडामा लिएर ढुंगा, गिट्टीको माग गर्थे । रोमनले लिएको ट्याक्टरमा सुशिल र दिलबहादुरले काम गर्दै आएका थिए ।

‘त्यही काम गरेका पैसाँ माग्न जाँदा बादविदा हुँदा झगडा भएको देखिएको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसी मानबहादुर राईले भने, ‘कति पैसाँ लिनुपर्ने भएकोेले झगडा भएको त्यो खुलेको छैन । अहिले अनुसन्धान भइरहेको छ ।’

काममा लगाए पनि आफूहरुले पाउनुपर्ने पैसा लामो समयदेखि नदिएकाले छुरा हानिएको उनीहरुले प्रहरीलाई बताएका छन् ।

पैसाको विषयलाई लिएर दुवै जनाले राईसँग विवाद सुरु गरेको र त्यही विवाद उग्रबन्दै गएर हत्यासम्मको घटनामा भएको डीएसपी राईले जानकारी दिए ।

रोमनलाई आक्रमण गर्नुअगाडी दिलबहादुर र सुशिलले मदिरा सेवन पनि गरेको खुलेको छ । इलाका प्रहरी कार्यालय लेटाङको  प्रहरी टोलीले खोजतलास गरि उनीहरुलाई शनिबार विहान २ बजे लेटाङदेखि पक्राउ गरेको हो ।

प्रहरीका अनुसार हत्या गरिएका राई टयक्टर भाडा लिएर काम गर्न छोडेपछि लेटाङमै पुल हाउस सञ्चालन गरेर बस्थे । यसअघि ट्याक्टर लगायतका ढुवानीका साधनको खोजी गरेर ढुङ्गा, बालुवासमेतका निर्माण सामाग्री ढुवानीका लागि ठेक्कामा लगाउने काम पनि उनले गर्दै आएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

झापामा निषेधाज्ञाको पहिलो दिनः तातो घाममा प्रहरी (हेर्नुहाेस तस्बिर)

Read Next

विद्यार्थी एकता दिवस – जिन्दावाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *