Girl in a jacket

पछिल्लो अपडेट :

  • July 31, 2021

धारिलो हतियार प्रहार गरी ७९ वर्षीय वृद्धको हत्या

फिदिम / जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । 

स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो । इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ । घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएको र श्रीमती शारीरिक रूपमा अशक्त छन् । 

सासुससुरा भेट्न मृतककी बुहारी आज बिहान त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो । अहिले प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान गरिरहेको छ । मृतक वृद्ध सेवा निवृत्त भारतीय सैनिक हुन् । गत बिहीबारमात्रै उनले निवृत्ति भरणको रकम बैंकबाट बुझेको हुनाले लुटपाटका लागि उनको हत्या भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । 

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाले थप विवरण सार्वजनिक भएको छैन । 

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

शिवसताक्षीका थप एक संक्रमितको मृत्यु

Read Next

झापामा असार ७ सम्म निषेधाज्ञा थपियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *