Girl in a jacket

कान्तकाे पिटाइबाट श्रीमतीकाे मृत्यु

विर्तामाेड / झापाको बिर्तामोड नगरपालिका–५ मा श्रीमान्ले आफ्नै श्रीमतीलाई पिटेर हत्या गरेका छन् ।

घटनामा संलग्न बिर्तामोड–५ का ४० बर्षीय श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार राति राउतले मादक पदार्थ सेवन गरी ३९ वर्षीया श्रीमती बर्षीया खेमजुङ गुरुङलाई पिटेका थिए । श्रीमान्को पिटाईबाट गम्भिर घाईते भएकी खेमजुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गम्भिर घाइते खेमजुङलाई सुरुमा कनकाई अस्पताल बिर्तामोडमा उपचारका लागि लगिएको थियो । सो अस्पतालले थप उपचारका लागि बिराटनगर स्थित नोवेल अस्पताल रेफर गरेको थियो । उक्त अस्पतालले पनि उपचार हुन नसक्ने बताएपछि माइतीले बिर्तामोड ५ स्थित माईती घरमा ल्याएका थिए । उनको बिहिवार राति मृत्यु भएको आफन्तले प्रहरीलाई जानकारी दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।

राउतलाई पक्राउ गरी घटना सम्वन्धमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

शिवसताक्षीको मेयर पदमा एमालेका आकांक्षी धेरै, सर्वेक्षणले यस्तो देखायो

Read Next

स्थानिय तहका कर्मचारीको पहिचान समेटिने गरि ऐन निर्माण हुन्छ – केन्द्रिय सदस्य ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *