Girl in a jacket

कोरोना महामारीका बेलापनि जनआस्थाको नाफा २३ लाख माथि

झिलझिले / शिवसताक्षी ८ डुडामारीको जनआस्था बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारीका बेला पनि २३ लाख ३३ हजार ६ सय ६९ रुपैँया नाफा आर्जन गरेको छ ।

यो नाफा खर्च कटौती पछिको खुद भएको संस्थाका व्यवस्थापक शेरबहादुर कोईरालाले बताए । कोराना महामारीको सुरुका ५ महिना संस्थाको कारोवार ठप्प भएपनि खर्च निरन्तर भएरपनि नाफा २३ लाख माथि गर्न सफल भएको संस्थाका अध्यक्ष पदमवहादुर भण्डारीले आफ्नो टिमलाई धन्य ठानेका छन् ।

४ सय ६ सदस्य रहेको संस्था ०६३ सालमा स्थापना भएको हो । ७ करोड ९२ लाख ३६ हजार २ सय चुँक्ता पुँजी रहेको शनिबार साधरण सभामा वितरण गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । साधरण सभामा संस्थाले लगानी गर्ने ब्याज दरमा समायोजन गरेको छ । शेयर जमानत, निक्षेप मुद्धती कर्जा, ५ वर्षे धितो, ६ वर्षे धितो कर्जा, ८ वर्षे धितो कर्जा र व्यवस्थापन वापतको साविकको शुल्कमा कटौती गरिएको अध्यक्ष भण्डारीले बताए ।

यस्तै संस्थाले शेयर रकमको ८० प्रतिशत जमानत कर्जा दिने निर्णय गरेको छ । अन्य कर्जामा पनि भुक्तानीको समय सिमा बढाएको सो सहकारी संस्थाले जनाएको छ । यता संस्थाको व्ययभार कटौतीका गर्न साविकको दरमा दिदैँ आएको व्याजलाई सामान्य हेरफेर गरेको छ । १० हजार भन्दा शेयर रकम कम भएका सदस्यलाई संस्थाका अध्यक्ष भण्डारीले १० हजार पुर्याउन प्रस्ताव गरेका छन् ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले उद्धघाटन गरेको साधरण सभामा नेकपाका केन्द्रिय सदस्य राजिव घिमिरे, शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष केहरशिंह बस्नेत, चुलाचुली सामुदायीक बनका अध्यक्ष दलकुमार शेर्मा लगायतले सुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष पदमप्रसाद भण्डारीको अध्यक्षतामा भएको सभाको उद्धघाटन सत्रको सहजीकरण सचिव गंगा प्रसाद ओझा र स्वागत उपाध्यक्ष जयश्वर आङ्गदम्बेले गरेका थिए ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

गोलिया सहित सामुदायिक बनका पदाधिकारी पक्राउ

Read Next

शिवगञ्जमा नेपाली कांग्रेसको गर्जन : प्रधानमन्त्रीलाई कदम सच्याउन माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box