Girl in a jacket

पछिल्लो अपडेट :

  • July 31, 2021

झापामा असार ७ सम्म निषेधाज्ञा थपियो

झापा / झापामा असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गरिएको छ ।

आज जिल्ला प्रशासन कार्यालय झापामा सम्पन्न जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

छैटौं पटक थप गरिएको निषेधाज्ञामा अघिल्लो निषेधाज्ञा भन्दा केही खुकुलो बनाइएको छ । निषेधाज्ञा अवधिभर खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दूध डेरी, पुस्तक पसल,  हार्डवेयरलाई विहान ६ देखी १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ ।

यस्तै, कृषिजन्य बीउ विजन पसल १० बजेदेखि ४ र मोटर वर्कशप बिहान ११ देखी २ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा सञ्चालन गर्न दिइने, अन्य क्षेत्र पूर्ण रुपमा बन्द हुने र सञ्चालन अनुमति पाएकाहरुले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बैठकपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाद्वारा जारी आदेशमा उल्लेख छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

धारिलो हतियार प्रहार गरी ७९ वर्षीय वृद्धको हत्या

Read Next

अष्ट्रेलियाबाट भीमाकुमारीको घर निर्माणका लागि ५५ हजार

Leave a Reply

Your email address will not be published. Required fields are marked *