Girl in a jacket

झापामा सबै पसल भोलिदेखि खुल्ने, अत्यावश्यक भने बिहान १० बजेसम्म मात्र

झिलझिले / झापामा भदौ १ गतेदेखि निषेधाज्ञाको स्वरूप परिवर्तन गरिएको छ ।

डीसीएमसीको सोमबार बसेको बैठकले जिल्ला भित्र संचालनमा रहेका सबै पसलहरु खुल्ला गर्ने निर्णय गरेको छ । विहान १० देखि बेलुका ६ बजेसम्म सबै पसल खोल्न पाउने निर्णय भएको छ । अत्यावश्यकका खाद्यान्न लगायतका पसल भने विहान ६ बजेदेखि विहान १० बजेसम्म मात्र खुला हुने निर्णय भएको बैठकमा सहभागी एकले बताए ।

यो पटकको निषेधाज्ञामा भने मास्क नलगाउनेलाई स्थानीय प्रशासनले जरीवाना गर्ने निर्णय भएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले बताए । बेलुका ६ बजेपछि पसल खोल्नेलाई कानुनमा उल्लेख भए अनुसारको जरिवाना गरिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

सामाजिक सञ्जाल लगायतका आमसञ्चार माध्यमहरुमा झापामा जारी निषेधाज्ञा हटाउनुपर्ने सुझाव सहितको समाचार आएपछि प्रशासनले निशेधाज्ञा खुकुलो बनाएको हो । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका व्यवसायीले बैंक र घर साहुले ब्याज र घर भाडा असुल्न ताकेता गरेपछि व्यवसायीले भदौ १ गतेदेखि पसल खोल्ने बताउँदै आएका थिए ।

यसअघि उद्योग वाणिज्य सङ्घका पदाधिकारीले पनि प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा खुकुलो बनाउन सुझाव दिएका थिए ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस

Read Next

झापाका किसानले सिडिओलाई ज्ञापन पत्र बुझाउँदै सोधे – सुकुम्बासी आयोग किन विघटन गरेको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *