Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021

झापामा निषेधाज्ञाको पहिलो दिनः तातो घाममा प्रहरी (हेर्नुहाेस तस्बिर)

झिलझिले / दोश्रो लहरको कोरोना भाइरसको संक्रमण दिनानुदिन बढेपपछि सर्वसाधरणको जिउको रक्षाका लागि झापा प्रशासनले शनिवारदेखि लागु गरेको निषेधाज्ञाले जिल्लाका अधिकांस ठाँउ सुनसान बनेको छ ।

पूर्व पश्चिम राजमार्गमा अतिआवश्यक ढुवानीका साधनबाहेक अन्य साधन चल्न दिइएकोे छैन । राजमार्गसंग जोडिएका जिल्लाका सबै बजारमा औषधी बाहेकका पसल ठप्प छन् । सामान्य माक्स, ग्लोब्स र ‘फेस शिल्ड’ का भरमा निषेधाज्ञा कार्यान्वयन गराउन प्रहरी राजमार्गमा निस्किएका छन् ।

जनताको सुरक्षाका लागि ड्युटी गर्नैपर्ने बाध्यतामा रहेका ‘फ्रन्टलाइन’ का सुरक्षाकर्मीले शनिवार विहान समयमा खान पनि पाएनन् । पुर्ण निषेधाज्ञाको पहिलो दिन भएर समयमा खान नपाएको उनिहरुले बताए । ड्युटीमा रहेका प्रहरीले भने,‘ सायद भोलीदेखि सर्वसाधरणले बुझ्नुहुन्छ र खाना समयमै खान पाइन्छ ।’ सारा मानिस घरभित्र बस्दा उनीहरु तातो सडकमा दिनभर ड्युटी गरिरहेका छन् ।

जिल्लाका बिर्तामोड, काकडभिट्टा, दमक, भद्रपुर, चन्द्रगढी, झिलझिले, सुरुंगा लगायतका भित्री बजार शिवगञ्ज, झापा बजार, गौरादहमा सामान्य मास्कको भरमा प्रहरी तातो घाममा सडकमा उभिएर डिउटी गर्दा उनिहरुको दिन निकै कष्टकर बनेको भएपनि प्रहरीले त्यसको परवाह गरेका छैनन् ।

‘फ्रन्ट लाईनका हामी जोखिम मोलेर भएपनि जनताको सुरक्षाका लागि सडकमा आएका हौं,’ राजमार्गमा खटिएका एक प्रहरी जवानले भने–‘नागरिकको सेवा गर्ने कसम खाएर जागिरमा आएपछि अहिलेको परिस्थितीलाई प्रहरीले सहज रुपमा लिनुपर्छ । आम मानिसले निषेधाज्ञाका कारण कष्टकर जीवन भोगिरहेका बेला आफ्नो कुरा सोच्नै भ्याएका छैनौं ।’

‘राजमार्गमा ड्युटी गर्दा कतिपय जिद्दीवाल हुन्छन् । उनिहरुलाई सम्झाउदा अनाहकमा गालि पनि गर्छन् । तर, त्यसलाई सुझाव र अर्तिका रुपमा लिनेगरेका छौ,’ ट्राफिक प्रहरी पोष्ट लक्ष्मीपुरका ईन्चार्ज प्रहरी सहायक निरिक्षक गणेश श्रेष्ठले भने, ‘ मुलुकनै सङकटमा परेका बेला शान्त हुनुको विकल्पै रहन्न ।’

लक्ष्मीपुरदेखी ६ किलोमिटरको दुरीमा रहेको ईलाका प्रहरी कार्यालय घैलाडुव्बाको टोली पनि राजमार्ग ड्युटीमा आएको छ । प्रहरी नायव निरीक्षक भुवन कार्कीले भने, ‘कोरोनाका बारेमा सम्झाउनु पर्ने गरी यस पटक राजमार्गमा यातायातका साधन चलेकै छैनन् । घर बाहिर पनि सर्वसाधरण आएका छैनन् ।’ महामारीले दोश्रो रुप लिएर दिनहुँ मानिसको मृत्यु भएको खवर आम संचार माद्यमबाट थाहा पाएर होला, यसपटक सर्वसाधरणलाई ‘होल्ड’ गर्नु नपरेको उनले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा एक महिना अघि मात्र कार्यालय प्रमुखका रुपमा आएका प्रहरी निरीक्षक निषेश चापागाईँले झापाली ईमान्दार भएको बताए । ‘काकडभिट्टादेखि मोरङको सीमा मावा पूल सम्म पुग्दा राजमार्ग संग जोडिएका सबै पसल बन्द छन्,’ उनले भने । जिल्ला बाहिरबाट निषेधाज्ञा थाहा नपाएका यातायाताका साधनमात्र फेला परेको र उनिहरुलाई पहिले होल्ड गराईएको र पछि सम्झाएर छाडिएको उनले बताए ।

जिल्लाका राजमार्ग र सहायक सडकहरुमा निसेधाज्ञाको पुर्ण पालना गराउन ८४ वटा युनिटलाई सक्रिय गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सङकट र विपतका बेला भरपर्दो साथी बनेर आम नागरिकको सुरक्षा र हितमा प्रहरी समर्पित रहँदै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक राकेश थापाले बताए । उनले भने,‘कोभिड १९ को सङक्रमणबाट जोगिने विषयमा संयम्ता अपनाउदै सजग रहन ड्युटीमा खटिने प्रहरीलाई निर्देशन दिइएको छ ।’

शनिवार जिल्ला प्रहरी कार्यालय झापाले पुर्व पश्चिम राजमार्ग सहित भित्रि बजारको अनुगमन गरेको छ । औषधी बाहेकका कुनैपनि पसल नखोलिएको र सर्वसाधरण घरमै सुरक्षीत साथ बसेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजमार्गमा टाढाबाट आएका ढुवानीका साधनलाई जहाँ छन् त्यहि ‘होल्ड’ गरिएको झापा प्रहरीले जनाएको छ । उनिहरुको अवस्था हेरेर साँझसम्म छोड्न सकिने प्रहरी नायव उपरीक्षक थापाले बताए ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

रोग प्रतिरोधात्मक क्षमता बढाउने ५ खानेकुरा

Read Next

दुई जना मिलेर आफ्नै साथीकाे हत्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *