Girl in a jacket

झिलझिलेमा यामाहा मोटरसाइकलको ‘सब -डिलर’

झिलझिले / यहाँका दुई व्यवसायीले झापाको झिलझिलेमा यमाहा कम्पनीको मोटरसाइकलको सब -डिलर संचालनमा ल्याएका छन् । शिवसताक्षीका युवा व्यवसायी राम कुमार राई र सुवास राईले महिला पुरुष दुवैले प्रयोग गर्ने मोटर साईकल र स्कुटीको सब-डिलर संचालनमा ल्याएका हुन् ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित झिलझिलेको करिव ४ सय मिटर पूर्व दुरीमा सो विक्रि केन्द्र रहेको छ । शुक्रबार शिवसताक्षी वडा नं. ८ का वडाध्यक्ष सन्तकुमार फेवादिन र वडा नं. ११ नम्बर वडाका वडाध्यक्ष बहादुर आङ्बोले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

विभिन्न मोडलको यामाहा कम्पनीका मोटर साईकल र स्कुटी खरिदका लागि अन्यत्र जानुपर्ने झन्झटबाट शिवसताक्षीका उपभोक्ताले मुक्ती पाएका छन् । वडा अध्यक्ष सन्तकुमार फेवादिनले भने, ‘झापा लगायतका बजारमा एउटै मुल्यमा मोटर साईकल र स्कुटी उपभोक्ताले पाउने भएपछि अब अन्यत्र किन जाने ?’
कम्पनीले तोकेको मुल्यमा मोटर साईकल र स्कुटीको बिक्रि हुने सोरुमका संचालक सुवास राईले बताए । उनले भने,‘ यामाहा कम्पनीका मोटर साईकलका पार्टस पनि सुफत मुल्यमा उपलब्ध छ ।’ दुई जना दक्ष प्राविधिक पनि सोरुममा उपलब्ध रहेको राईले बताए ।

बैक तथा अन्य वित्तिय संस्थाले आर्थिक ग्यारेन्टी गरे फाईनान्सको समेत सुविधा उपभोक्ताले पाउने अर्का संचालक रामकृकुमार राईले बताए । यस अघि नगरको दुधेमा यामाहा कम्पनीकै सोरुम थियो । अहिले उक्त सोरुम बन्द भएपछि झिलझिलेमा कम्पनीले सब – डिलरको खख्तियारी दिएको हो ।

शिवसताक्षी, कमल, गौरादह र गौरिगञ्जका पालिकाका उपभोक्तालाई समेटने गरि सञ्चालनमा आएको शोरुमबाट ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा समेत प्राप्त गर्ने शोरुमका सञ्चालक राईले बताए । उनले शिवसताक्षी लगायत आसपासका क्षेत्रमा यामाहा कम्पनीका मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई दृष्टिगत गर्दै शोरुम सञ्चालनमा ल्याईएको जानकारी दिए ।

‘यहाँ आसपासमा यामाहाका डिलरहरु छैनन् । सोही अवस्थालाई मध्यनजर गर्दै हामीले सब डिलरसीप लिएर शोरुम सञ्चालन गरेका हौं,’ उनले भने, ‘यहाँबाट मोटरसाईकलसँग सम्बन्धी सम्पुर्ण सेवा सुविधा पाईन्छ ।’

यामाहाको फेसिनो, रे–जेडआर र रे–जेडर ब्राण्डका स्कुटर तथा आरवन फाईभ, एफ जेड–२५, एफजेडएस भी थ्री, एफजेड एस भी टु, एफजेड भी टु, एसजेड आरआर र स्यालुटो गरि आधा दर्जन बढी ब्राण्डका मोटरसाईकलहरु उपलब्ध छन् ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

शिवसताक्षीका महिलालाई नगर प्रमुख थोप्राको आह्वान, ‘शिप सिकेर व्यावसायीक बन्नुहोस्’

Read Next

झापा गाउँपालिकामा विपीको जन्मजयन्ती मनाइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *