Girl in a jacket

कनकाई पुलमा दुर्घटनाकाे जाेखिम बढ्याे : ज्यानै लिन सक्ने दर्जनाै खाल्डाखुल्डी

झिलझिले / पूर्व–पश्चिम राजमार्गको कनकाई पुलमा खाल्डाखुल्डी हुँदा दुर्घटना जोखिम बढेको छ।

झापाको कनकाई नदीको पुलको दर्जन बढी ठाउँमा कालोपत्रे उप्किएर ठूल्ठूला खाल्डा बनेका छन्। खाल्डा परेको कतिपय ठाँउमा रड ठाडा परेर दुर्घटना हुन थालेको इलाका प्रहरी कार्यालय झिलझिलेले जानकारी दिएको छ।

प्रहरीका अनुसार दसैं अवधिमा मात्र कनकाई पुलमा ११ वटा दुर्घटना भए। एक जना घाइते अझै सिकिस्त रहेको बिएन्डसी अस्पताल बिर्तामोडले जनाएको छ।

पुलमा खाल्डा परेपछि सवारीसाधन जोगाएर चलाउनै मुस्किल भएको सवारीचालक रामबहादुर दाहालले बताए।

खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जीप, कार लगायतका साना सवारी दुर्घटनामा पर्ने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

कार्यालयले खाल्डा पुर्न नियामक निकाय सडक विभाग, स्थानीय पालिका, प्रशासन लगायतसँग दसैंअघि नै कुरा गरेको जनाएको छ। तर हालसम्म खाल्डा जस्ताको तस्तै रहेको बताएको छ।

तीव्र गतिमा गुडाइने मोटरसाइकल लगायत अन्य सवारी खाल्डोमा परेर उछिट्टिने डर हुन्छ। यो अवस्थामा चालकले धेरै ख्याल गरेर सवारी चलाउनुपर्ने ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक अशोक जवेगुले बताए।

‘कनकाई पुलमा डरलाग्दा खाल्डाखुल्डी छन्। जोगिएर सवारी साधन चलाउनुहोस्,’ उनले सवारी चालकहरूलाई सुझाव दिए।

डिभिजन सडक कार्यालय दमकले पुलको माथिल्लो भागको कालोपत्रे र जोर्नी जीर्ण भएकाले मर्मत हुने बताएको छ। दसैं बिदाका कारणले ढिला भएको र अब चाँडै मर्मत हुने दाबी कार्यालयले गरेको छ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

कालिकोटमा मलामी गएका १३ जना सम्पर्कविहीन

Read Next

झापा ४ : गठबन्धनकाे प्रचार समिति नै ५ हजार माथि

Leave a Reply

Your email address will not be published. Required fields are marked *