Girl in a jacket
  • February 27, 2021

करणी मुद्धाका फरार अभियुक्त पक्राउ

मेचिनगर / झापा प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।

मेचिनगरपालिका-१० बस्ने २८ वर्षीय सागर बिक पक्राउ परेका हुन् ।

बिकलाइ झापा जिल्ला अदालतले २०७३ मंशिर २८ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधबार उनकै घरबाट पक्राउ गरी बिहीबार जिल्ला अदालत झापामा पेश गरेको छ । अदालतले ताेकेकाे कैद भुक्तानकालागि बिककाे पीसीआर गरिएको र रिपोर्ट नेगेटिभ आएपछि भने कैद भुक्तानकालागि कारागार लगिने झापा प्रहरीका प्रवक्ता राकेश थापाले बताए ।

कमेन्ट गर्नुस्

admin

Read Previous

नेम्वाङको तर्क : सूर्य चिह्न ओली पक्षकाे

Read Next

शिवसताक्षी रेडक्रसको २६ औं साधारणसभा सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box