Girl in a jacket

झापा ४ (ख)बाट सिफारिस भएका कार्की को हुन् ?

खड्ग बहादुर कार्की ।

शिवगञ्ज / नेपाली कांग्रेसले झापा निर्वाचन क्षेत्र नम्बर ४ (ख) का लागि प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ । हिजो बसेको प्रदेश क्षेत्रीय समितिको बैठकले प्रत्यक्षतर्फ खड्ग वहादुर कार्की, एकराज उप्रेती र जीवन गिरीको नाम सिफारिस गरेको हो ।

सिफारिसमा परेका मध्ये कार्की नेपाली कांग्रेसको १४ औ राष्ट्रिय महाधिवेसनका लागि सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।् कार्की झापा र काठमाण्डौमा राजनीति, समाजसेवा र जनसम्पर्कमा निक्कै लोकप्रिय मानिन्छन् । उनको नेपाल सरकारका उच्च पदस्थ सरकारी अधिकारी संग पनि हेलमेल छ ।

कार्की शिवसताक्षी नगरपालिका वडा नम्बर ७ का स्थायी बासिन्दा हुन् । राजनीतिक शास्त्रमा स्नाकोत्तर गरेका उनले कानुन शास्त्रमा पनि अध्ययन जारी राखेका छन् ।

प्रजातान्त्रीक सेनानी तिलवहादुर कार्कीका छोरा खड्ग वहादुरले नेपाली कांग्रेसको कोखबाट जन्म लिएपनि दमक वहुमुखी क्याम्पसको विद्यार्थी जिवनबाट राजनीतिक जिम्मेवारी सुरु गरेका थिए । दमक बहुमुखी क्याम्पसको इकाई सदस्य देखि माउ पार्टीको केन्द्रिय महाधिवेसन प्रतिनिधि सम्म हुन पुगे । उनका समकक्षी भन्छन, ‘यो राजनीतिक हाईट उनको जिवनको कलिलै उमेरमा प्राप्त गरेका हुन् ।

नेपाली कांग्रेसको असल कार्यकर्ताको रुपमा स्थापित कार्की अन्तरपार्टी संञ्जालमा पनि चर्चित छन् । निर्वाचनमा उनले आम सर्वसाधरणको मत बटुल्न सक्नेमा दुईमत नभएको उनकै नेता कार्यकर्ता बताउँछन् ।

काठमाण्डौ रत्नपार्क केन्द्रित आन्दोलनमा उनको भुमिका मेचीले भुल्न नसकेको उनका समकक्षीले बताए । स्वर्गीय जीतवहादुर पुरी नेतृत्वको उक्त आन्दोलनमा काठमाण्डौमा चर्किएका बेला मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङबाट प्रतिनिधिन्तव गर्ने आन्दोलनकारीलाई उनले गाँस र बासको प्रवन्ध मिलाएका थिए ।

उनको यो जिम्मेवारी जो कोहीले नेतृत्व गर्न सक्दैन थिए । त्यस बखत उनि जितवहादुर पुरीका सचिवालयको रुपमा काम गर्थे । त्यो बेला राजा ज्ञानेन्द्रको शासन व्यवस्था कतिको सान्दर्भीक भन्ने विषयमा आन्दोलन सुरु भएको थियो ।

विभिन्न चरणका राजनीतिक आन्दोलतमा तत्कालिन सरकारले पक्राउ गरी हिरासत र जेल जिवन समेत विताएका कार्की राजाको प्रत्यक्ष साशन व्यवस्थामा पक्राउ परि जिल्ला प्रहरी कार्यालय ललितपुरमा १८ दिन सम्म हिरासतमा बसेका थिए । त्यहाँबाट छुटेपछि महिला प्रशिक्षण केन्द्र्रको भवन जावलाखेलमा प्रहरीको नजरबन्दमा समेत परे ।

संविधान सभा सदस्य केशवकुमार बुढाथोकीको निजी स्वकीय सचिवको रुपमा काम गरेका कार्की वुढाथोकी सामान्य प्रशासन मन्त्री हुँदा पनि स्वकिय सचिवकै रुपमा काम गरेका थिए । अहिले पनि कार्की संबिधानसभा सदस्य बुढाथोकीकै निजी सचिवका रुपमा कार्यरत छन् ।

पछिल्ला दिनमा समाज सेवा सहित राजनीतिमा सक्रिय रहेका कार्कीले सतासीधाम मन्दिरको स्तरोन्नतीका लागि १५ लाख, व्यांङडाडा बजारलाई १ करोड, चन्द्रडाँगी पश्चिम सतासीखोलाको झोलुङगेपुल निर्माण , दुधे खोलाको तटबन्धकालागि ८ लाख, सतासीखोला निमपत्रेमा तटबन्धका लागि ८ लाख , शिगगञ्ज बातावरण मैत्रि पार्कका लागि वातावरण मन्त्रालयबाट १५ लाख अनुदान उनकै पहलमा ल्याएका थिए । कतिपय योजना निर्माण सम्पन्न पनि भएका छन् ।

यस्तै शिवसताक्षी, कनकाई र झापा गाँउपालिकाका कतिपय खानेपानी आयोजना र सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि उनले समन्वयकारी भुमिका निर्वाह गरेका छन् ।

झापा ४ (ख) को प्रदेश सांसदका लागि शिवसताक्षी ७, ९ र १० कनकाई नगरपालिकाको वडा नम्बर १ देखि ७ र झापा गाउँपालिकाका सबै वडाका मतदाताले मतदान गर्न पाउने छन् ।

कार्की शनिबार मात्रै झापाको शिवसताक्षीमा सम्मानित भएका छन् । उनलाई लोकतान्त्रीक खेलकुद संघ शिवसताक्षीले एक भव्य कार्यक्रमको आयोजना गर्दे सम्मान गरेको हो । खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दे महासंघले कार्कीलाई सम्मान गरेको नेपाली कांग्रेसका शिवसताक्षी नगर सभापति अशोक बस्नेतले बताए ।

कार्कीको प्रदेश सभा सदस्य पदमा उम्मेदवारी सिफारिस भएपछि उनको गाँउमा खुसियाली छ । स्थानीय भिमबहादुर थापाले भने, ‘कार्कीको सिफारिस मात्र होइन उम्मेदवारीको टिकट पनि पाउनु पर्छ ।’ संघिय सांसदको रुपमा पार्टी जिल्ला सभापति देउकुमार थेवेको एकल नाम कनकाईबाट सिफारिस भएपछि शिवसताक्षीबाट खड्ग कार्कीले टिकट पाउनु पर्ने स्थानीयले बताए । भुगोल लगायतका अन्य विषय मिलानका लागि कार्की उपयुक्त पात्र भएको स्थानियले बताएका छन् ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

कक्षा १२ को नतिजा प्रकाशित

Read Next

जन्मदिनमा बालबालिकालाई कपडा वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *