Girl in a jacket

पछिल्लो अपडेट :

  • September 22, 2021

बिर्तामाेड खाेप प्रकरणकाे छानबिन समिति गठन,पेट्रोल पम्पका कर्मचारीले चाराली डिपोबाट खोप पाउने

भद्रपुर / विर्तामोड नगरपालिकाको खोप काण्ड छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा शनिबार बसेको जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले बिर्तामोडको खोप काण्ड ७ दिनभित्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न समय दिएकाे हाे ।

छानबिन समितिमा जिल्ला समन्वय समिति अधिकारी लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापा, सशस्त्र प्रहरी बल २ नम्बर गणका डीएसपी प्रेम प्रसाई र राष्ट्रिय अनुसन्धान झापाका अनुसन्धान अधिकृत किरण भट्टराई छन् ।

बैठकले बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्कालाई छानबिन प्रतिवेदन सार्वजनिक नहुँदासम्मको लागि खोप सम्बन्धि कुनै गतिविधिमा संलग्न नगराउन बिर्तामोड नगरपालिकालाई अनुरोध गरेको छ ।

बैठकले जिल्लामा खोप लगाएको तथा खोप सम्बन्धि सम्पूर्ण विवरण सार्वजनिक गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ । बैठकले झापाका पेट्रोल पम्पहरुमा काम गर्ने तीनसय जना मजदुरलाई चारआलीस्थित आयल निगमको डिपोमा कोभिड विरुद्धको खोप लगाउने व्यवस्था गर्न निर्देशन दिएको छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

शिवसताक्षीमा भेरोसेल खोप १७ गते देखी लगाइने, सबै तयारी पूरा

Read Next

घण्टौं लाइनमा उभिएर पनि खोप नलगाई फर्किए वृद्धवृद्धा

Leave a Reply

Your email address will not be published. Required fields are marked *