Girl in a jacket

पछिल्लो अपडेट :

  • September 22, 2021

शिवसताक्षीमा भेरोसेल खोप १७ गते देखी लगाइने, सबै तयारी पूरा

दुधे / शिवसताक्षी नगरपालिकाले दोश्रो चरणमा लक्षीत बर्गका लागि ल्याएको कोभिड विरुद्धको खोप साविककै खोप केन्द्रमा लगाउन पाउने बताएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज, स्वास्थ्य चौकी सतासीधाम, स्वास्थ्य चौकी पाँचगाछी र स्वास्थ्य चौकी धरमपुरमा लक्षीत बर्गका लाभग्राहीले खोप लगाउन पाउने शिवसताक्षी गनरपालिकाले बताएकोे हो ।

नगरको स्वास्थ्य शाखाले प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जबाट वडा नम्बर ६ र ७ का वडा बासीले खोप लगाउन पाउने बताएको छ । यस्तै सतासीधाम स्वास्थ्य चौकीबाट वडा नम्बर ८, ९, १० र ११ का बासिन्दाले खोप लगाउन पाउने छन् ।
यस्तै धरमरपुर स्वास्थ्य चौकीको खोप केन्द्रबाट वडा नम्बर १,२ र ३ का वडाबासीले खोप पाउने छन् भने पाँचगाछी खोप केन्द्रबाट वडा नम्बर ४ र ५ का वडाबासीले खोप पाउने स्वास्थ्य शाखाका संयोजक हरी बिमलीले बताए ।

बिमलीका अनुसार सतासीधाममा २ हजार ६०, पाँचगाछीमा ७ सय , शिवगञ्जमा १हजार र धरमपुरमा पनि १हजार गरेर जम्मा ४ हजार ७ सय ६० जनाले खोप पाउने स्वास्थ्य शाखाले जनाएको छ । प्रत्येक खोप केन्द्रमा खटिएका ४ जना स्वास्थ्य प्राविधिकलाई आवश्यक सहयोगका लागि ८ जना स्वयम सेवक नगरपालिकाले तीन दिनका लागि खटाउने निर्णय गरेको छ । यो निर्णय शुक्रबार नगर स्तरीय कोभिड नियन्त्रण तथा समन्वय समितिको बैठकले गरेको हो ।

नगरमा तीन दिन खोप कार्यक्रम संचालन हुने छ । नगरको कार्यतालिका अनुसार १७ गते ५५ वर्ष माथि उमेर समुहका नागरिकलाई खोप लगाईने छ । १८ गते शिक्षक, कर्मचारी, भन्सार एजेन्ट, सार्वजनिक यातायातका चालक र सहचालक, बैक तथा वित्तिय संघ संस्थाका कर्मचारी, बाणिज्य संघका पदाधिकारी, औषधी बिक्रेता लगायतलाई लगाईने छ । यस्तै तेश्रो तथा अन्तिम दिन भने दुबै दिनमा छुटेकाले खोप पाउने छन् ।
खोप लगाउनका लागि लाभग्राहीले आफ्नो नागरिकता प्रमाण पत्र र सेवा क्षेत्रको आवश्यक कागजात अनिवार्य लिएर जानुपर्ने स्वास्थ्य शाखाले जनाएको छ ।
यस अघि कोभिसिल्ड नामक भारतीय खोप लगाएका सेवाग्राहीले यो भेरोसेल खोप लगाउन पाउने छैनन् । यो संख्या ४ हजार ३ सय ११ छ । यस्तै चाईनाबाट आएको भेरोसेल नामक खोपको दुबै डोज लगाएका ९ सय ५२ जनाले पनि यो खोप लगाउन नपर्ने स्वास्थ्य संयोजक बिमलीले बताए । यस्तै नगरमा रहेका २१० जना सक्रिय संक्रमितले पनि खोप लगाउन पाउने छैनन् ।

खोपको दूरुपयोग हुन नदिन नगर प्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा नगरका राजनीतिक दलका प्रमुख सहित उच्च स्तरीय अनुगमन समितिले खोप केन्द्रको अनुगमन गर्ने नगरकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राइले बताईन् ।

यो समितिमा नेकपा एमालेका नगर अध्यक्ष धनवहादुर थेवे, नेपाली काँग्रेसका नगर सभापती पर्शुराम ढुँङगाना, नेकपा माओबादीका नगर अध्यक्ष महेन्द्र भट्टराई, राप्रपाका नगर अध्यक्ष मणी खपतरी खड्का, संघिय समाजबादी पार्टीका नगर अध्यक्ष जापान थेवे लगायत अनुगमन समितिमा छन् ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

वडा अध्यक्ष ईजमकाे जन्मदिनमा संक्रमितलाई औषधी उपहार

Read Next

बिर्तामाेड खाेप प्रकरणकाे छानबिन समिति गठन,पेट्रोल पम्पका कर्मचारीले चाराली डिपोबाट खोप पाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *