Girl in a jacket

खुद्रा साकोसको पन्ध्राैँ साधरण सभा सम्पन्न : शेयर सदस्यले १५ प्रतिशत लाभांस पाउने

दुधे / शिवसताक्षी नगरको पुरानो सहकारी खुद्रा वचत तथा तथा ऋण सहकारी संस्थाले सोमबार १६ औ वार्षिक साधरण सभा सम्पन्न गरेको छ ।

९७५ जना शेयर सदस्यहरूको सामुहिक उपस्थितिमा सहकारीले आफ्नो वार्षिक साधरणसभा सम्पन्न गरेको हो । कार्यक्रममा पूर्व कर्मचारी, उत्कृस्ट बचतकर्ता देखि ऋणी , जेष्ठ शेयर सदस्य, शेयर सदस्यका छोरा छोरी मध्येबाट उत्कृष्ट जीपीए ल्याउने छात्र छात्रालाई सम्मान गरिएको थियो । उनिहरूलाई दोसल्ला र कदरपत्र सहित नगदले सम्मान गरेको थियो । सहकारीका अध्यक्ष नारायण प्रसाद बजगाईँको सभाध्यक्षमा सम्पन्न साधरणसभाले आगामी वर्षहरूका लागि नीति तथा कार्ययोजनाहरू अघि सारेको छ ।

कार्यक्रममा अध्यक्ष बजागाईले पेस गरेको प्रतिवेदन अनुसार सहकारीले आर्थिक वर्ष ०७८/०७९ मा ९ करोड १६ लाख ६५ हजार ८ सय ५७ रुपैँया ६० पैसा निक्षेप संकलन गरेको थियो । संस्थाले यो वर्ष १ करोड ९४ लाख ७२ हजार ९ सय ३७ रुपैयाँ आम्दानी गरेको प्रतिवेदनमा उल्लेख । आम्दानीबाट संस्थाले विभिन्न शिर्षकमा १ करोड ५० लाख ८७ हजार २ सय ८५ रुपैँया खर्च गरेको छ । याे वर्ष सहकारीले ४३ लाख ८५ हजार ६ सय ५२ रूपैँया नाफा कमाएकाे छ ।

संस्थाको शेयर पूँजी १ करोड ९७ लाख ४० हजार १ सय पुगेको अध्यक्ष बजगाईँले बताए । उनका अनुसार संस्थाको जगेडा कोषमा ९७ लाख ८८ हजार ४ सय ६ रुपैयाँ र अन्य कोषमा ३२ लाख ८९ हजार २ सय ३९ रुपैयाँ रहेको छ । कोरोनाबाट थलिएर सहकारीले अपेक्षा गरे अनुसारको प्रतिफल पाएको सो सहकारी संस्थाले जनाएको छ । यो वर्ष सहकारीले सदस्यलाई शेयर रकमको १५ प्रतिशत लाभांस दिने घोषणा गरेको छ ।

कार्यक्रमकी प्रमुख अतिथि नेपक्सुनकी संचालक समिति सदस्य गोमा नेपाल सापकोटाले सहकारीले इतर वित्तिय संंस्थाको तुलनामा सदस्यलाई बढी फाइदा पुर्याएको बताईन । उनले भनिन् निश्तिच व्यक्तिको लगानीमा संचालित बैक भन्दा समुहमा संचालित सहकारीले उत्पादनमुखी परिणाम दिएको छ ।’
सुगम क्षेत्रमा मात्र नभइ दुर्गम क्षेत्रमा पनि सेवाको पहुच पुर्याउन सुझाव दिदै सहकारीकै कारण बचत गर्ने बानि अहिले धेरै मान्छेहरूमा चेतना पुगेको पनि उनले बताएकी छन् । एकाध सहकारीका संचालकको मदमासीका कारण अन्य सहकारीलाई सबैले नकरात्मक दृष्टीकोणले हेर्नुनहुने उनको भनाई छ । ‘केहीले फटाईँ गरे । हामीले मिडिया बाट सुनेका छौं । तर मिडियामा आएको जस्तो सबै सहकारी डुब्ने खतरा नभएको उनले स्पष्ट पारिन ।

कार्यक्रममा शिवसताक्षी नगरकी निवर्तमान उपप्रमुख भोजकुमारी नेपाल, बरिष्ट साहित्यकार उमानाथ दाहाल, भानु माविका प्रधानाध्यापक डामकुमार कुँवर, जेष्ठ नागरिक समाजका अगुवा पदम प्रसाद दाहाल लगायतले साधरण सभाको भव्य सफलताको कामना गरेका थिए ।

कार्यक्रममा रारमाविका द्धय मल्लिका खनाल र अंकित ठाकुरलाई सामुदायिक विद्यालय तर्फ उत्कृष्ट जीपीए ल्याए वापत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । यस्तै प्रतिभा आमाविका बेलिसा अधिकारी र क्याब्रिज स्कुलका दिपेश मिश्रलाई पनि पुरस्कृत गरिएको थियो ।

यस्तै सहकारी संस्थाका जेष्ठ नागरिक सदस्य बद्रीनाथ घिमिरे, राम प्रसाद तिम्सीना, विष्णु चापागाईँ, तारादेवी भण्डारीलाई पनि सम्मान गरिएको थियो । असल बचत तर्फ उमानाथ दाहाल, डिल्लीराम भण्डारी र नियमित कर्जा फिर्ता गर्ने सदस्य तर्फ चित्रकला गिरी र मिश्रा देवी विकलाई सम्मान गरिएको थियो ।

संस्थाको स्थापना काल देखि हाल सम्म अनवरत रुपमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने छविलाल पाठक, नन्दीकेसर भट्टराई, सरिता ओली गौतम, रेनुका खतिवडा कार्की, विक्रम सुब्बा, आसिस बस्नेत, खेम प्रसाद खनाल, जंग गिरी लाई सम्मान गरिएको संंस्थाका लेखापाल लोकनाथ खनाल (लोकेश) ले बताए ।
संस्थाको वित्तिय कारोबारको बारेमा लेखा सुपवेक्षण समितिका संयोजक गोविन्द काफ्लेले प्रतिवेदन सार्वजनिक गरेका थिए । संस्थाका उपाध्यक्ष जापान थेवेले स्वागत गरेको कार्यक्रमको संचालन लेखापाल खनालले गरेका थिए ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

शिवसताक्षीमा फुटबल : वडा नम्बर ९ ले शिवसताक्षी भेट्रानको पोष्टमा लगायो ९ गोल

Read Next

शिवसताक्षीमा फुटवल : पवन राईको निर्णायक ‘हेड गोल’ ले वडा नम्बर १० सेमिफाईनलमा प्रवेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *