Girl in a jacket

गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छन् । 

वेदकोट नगरपालिका-२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको सोमबार शिलान्यास गर्दै उनले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने बताएका हुन् ।

दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्न  भारतसँग वार्ता भइरहेको जानकारी दिँदै  प्रधानमन्त्रीले ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम सुरु हुने बताए ।

महाकाली सिंचाइ आयोजनाअन्तर्गत तेस्रो चरणको नहर निर्माण शुरु भइसकेको जनाउँदै प्रधानमन्त्रीले वर्षाैँदेखि सिंचाइ हुन नसकेका क्षेत्रमा सोको प्रबन्ध गरी कृषि उत्पादनमा बढोत्तरी गरिने बताए । ‘पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य सुरु भइसकेको छ, अब मेचीदेखि महाकालीसम्म  केही वर्षमै रेल पनि कुद्छ,’ उनले भने ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस, अर्को बैठक फागुन २० गते

Read Next

प्रविण मृत्यु प्रकरणः प्रहरी निरीक्षक पोख्रेलसहित ४ आरोपी अनुसन्धानमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box