Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021

शिवसताक्षीका किसानलाई अनुदानमा आधुनिक कृषि औजार

झिलझिले / झापाको शिवसताक्षी नगरपालिकाले किसानलाई बुधबार विभिन्न प्रकारका कृषि उपकरण वितरण गरेको छ ।

नगरपालिकाप्रमुख चन्द्रकुमार सेर्माले नगरपालिकाको ५० प्रतिशत अनुदानमा किसानहरुलाई २२ वटा ट्रिलर, धान काट्ने रिपर २२ र त्यतिकै संख्यामा मकै गोड्ने मेसिन पनि प्रदान गरेका हुन् । नगरपालिकामा बुधबार एक कार्यक्रमको आयोजना गरी किसानलाई उपकरण प्रदान गरिएको नगरको कृषि शाखाले जनाएको छ ।

नगरप्रमुख शेर्माले किसानहरुलाई कृषि पेशामा प्रेरित गर्न अनुदानमा कृषि उपकरण वितरण भएको जानकारी दिए । ‘ कृषि क्षेत्रमा आधुनिकीकरणसँगै प्रविधिको उच्च प्रयोग गर्न नगरपालिकाले योजना बनाइरहेको छ,’ उनले भने । किसानलाई सामूहिक खेती र एकीकृत कृषि प्रणालीमा जोड दिइएको उल्लेख गर्दै नगरप्रमुख शेर्माले आफूले पाएको प्रविधिको उपयोग गरी लाभ लिनसमेत किसानलाई अनुरोध गरेका छन् ।

कृषि उत्पादनमा लागत घट्ने भएकाले किसानलाई उपकरण वितरण गरिएको शिवसताक्षी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले बताइन् । किसानले अनुदानमा उपकरण पाएपछि खुशी हुँदै शिवसताक्षी नगरपालिकामा धान, गहुँ र तरकारी खेती गर्न उपकरण किसानको साथी हुने बताए ।

मैनाचुली कृषक समूहका सागर राईले भने, ‘ किसान एक उपकरण अनेक भएपछि खेतीपाती गरेरै आत्मनिर्भर बन्न सकिन्छ। त्यसका लागि विदेश गइराख्नुपर्दैन ।’ नगरपालिकाले २६ लाख १२ हजार ५ सय मूल्यबराबरका पावर टिलर,रिपर र मकै गोड्ने मेसिन किसानलाई अनुदानमा दिएको हो । किसानले यति नै रकम व्यहोरेका छन् ।

यस्तै साना सिचाईका लागि २ एचपीको ४४ थान मोटर १०० प्रतिशत अनुदानमा किसानले पाएका छन् । आकासे भरका खेतीलाई नगरपालिकाले दिएको साना सिचाई मोटरबाट आफुले लगाएका फसल सिंचित हुनेमा किसान ढुक्क छन् ।

शिवसताक्षी ११ का किसान राम बहादुर न्यौपानेले भने, कुलो र नहरले नछोएका किसानकालागि नगरपालिकाले दिएको साना सिचाईका लागि मोटर निकै प्रभावकारी हुनेछ । किसानलाई नगरपालिकाले औजार तर्फ २६ लाख १२ हजार ५ सय र सिँचाई तर्फ ११ लाख गरेर ३७ लाख १२ हजार ५ सय अनुदान दिएको छ ।

विगत तीन वर्षदेखि नगरपालिकाले किसानका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको कृषि शाखाकी जानुका मास्के ले बताइन् ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

बाँच्छु जस्तो त एक प्रतिशत पनि लागेको थिएन

Read Next

झापामा पुनः निषेधाज्ञा थपियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *