Girl in a jacket

करेला टिप्न जाँदा घरको छतबाट खसेर महिलाको मृत्यु

झापा / झापामा घरको चार तलामाथिबाट खसेर एक जना महिलाको मृत्यु भएको छ।

घरको चार तलामाथि फलेका करेला टिप्न जाँदा लडेर बिर्तामोड नगरपालिका वडा नम्बर ५ की ६२ वर्षीया मधु शर्मा आचार्यको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रूगमबहादुर कुँवरका अनुसार घरको चार तलामाथि बरन्डामा फलेका करेला टिप्न खोज्दा चिप्लिएर लडेकी आचार्यको मृत्यु भएको हो।

उनलाई बिर्तासिटी अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुस्

admin

Read Previous

मोरङ, धनकुटा, संखुवासभा र भोजपुरकाे जित

Read Next

विपन्नलाई गौशालाको राहत : बुढी गाई ल्याउनुहोस्, कोरली या दुधालु लैजानुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *