झापा/ झापा गाँउपालिकाको वडा नम्बर ७ स्थित सानो माई खोलाको पूलमा मोटरसाईकल दुर्घटना हुँदा त्यसमा सवार एक जनाको मंगलबार दिउँसो मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार को १३ प ९०० नम्बरको मोटरसाईकलमा सवार झापा गाँउपालिका वडा नम्बर ६ शरणामती बस्ने २२ वर्षीय सनम तामाङको दुर्घटनाबाट घटना स्थलमै मृत्यु भएको हो ।
मोटरसाईकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले बताएको छ । तिब्र गतिका कारण चालकले मोटरसाईकलको नियन्त्रण गुमाएको हुन सक्ने झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।
घटना स्थल पुर्वपश्चिम राजमार्गबाट १३ किलोमिटर दक्षीणमा छ ।