Girl in a jacket

पछिल्लो अपडेट :

  • July 31, 2021

थर्मो गन लिएर गए वडा अध्यक्ष खुलाल

विनोद सापकोटा
शिवगञ्ज /
नयाँ वर्षको पहिलो दिन । साथीभाइसँग घुमेर रमाइलो गर्ने योजना सबैको हुन्छ । कोरोना कहरले ०७७ सालको पहिलो दिन सायदै कसैले पनि भेला भएर नयाँ वर्षको शुभकामना साटासट गर्न सकेनन् । तर, झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा भने नयाँ शैलीमा वडा अध्यक्ष मनोज खुलाल कार्कीले वडाका वृद्धवृद्धा घरैमा पुगरे औषधी उपचार सहित शुभकामना साटासाट गरे ।


वडा अध्यक्ष कार्कीले अघिल्लो दिन साँझ नयाँ वर्षमा नयाँ काम गर्ने योजना बनाएका थिए । वडाका वृद्धवृद्धाको घरैमा पुगेर ज्वरो र प्रेसर मापन गर्ने र आवश्यक्ता अनुसार औषधी पनि वितरण गर्ने । वडा अध्यक्ष कार्की संग वडा सदस्य बद्री खनाल, प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जका डाक्टर निराजन पराजुली र नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखाका सभापति नारायण दाहाल पनि थिए ।
वडा अध्यक्ष खुलालले बाटोमा देखिएकालाई लकडाउनको पालना गर्न र घरमै बस्न अनुरोध पनि गरिरहेका थिए । उनले थर्मोगनले ज्वरो मापन गर्दे बाटामा भेटिएका वडाका बासिन्दालाई घर पठाए । वडाका ८५ वृद्धवद्धाको रक्तचापको जाँच गरिएको थियो भने करिव २०० को हाराहारीमा सर्वसाधरणको घरैमा पुगेर ज्वरो मापन गरिएको थियो ।
कतिपयलाई डाक्टर पराजुलीले निःशुल्क औषधी पनि दिए । ‘स्वास्थ्य केन्द्रमा भिडभाड नहोस भनेर घर घरै हामी आएका हौँ,’ डाक्टर पराजुलीले भने— ‘कोरोना भाईरसको संक्रमणबाट बच्न सरकारले लकडाउन आव्हान गरेको छ । यस्तो बेला घरैमा बसेर कोरोनाको संक्रमणबाट बच्नु पर्छ ।’ डाक्टरले हातधुने विधि लगायत कोरोना संक्रमण हुन नदिन तातोपानी पिउन, सेनिटाइजर प्रयोग गर्न, नियमित माक्स र पञ्जाको प्रयोग गर्न सर्वसाधरणलाई अनुरोध पनि गरेका थिए ।

मंगलादेवी पौड्यालले वडा अध्यक्ष थर्मोगन सहित डाक्टर लिएर घरैमा आउदा आफुलाई अनौठो लागेको बताइन् । घरमा सुतिरहेकी मंगलादेवीलाई वडा अध्यक्ष खुलालले, ‘आमा नमस्कार ! कता हुनुहुन्छ ? हजुरको ज्वरो र प्रेसर नाप्न डाक्टर साहब सहित आएको छु । बाहिर आउनुहोस्’ भनेर बोलाएपछि मंगलादेवी घर बाहिर निस्किएकी थिइन् । डाक्टर सहित वडा अध्यक्ष बलेसीमा देखेपछी अचम्म मान्दै मंगलादेवीले भनिन् ‘मेरी आम्मै ! यसरी नै आईरहनु है बाबु ।’

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

प्रदेश १ का मुख्यमन्त्री राईद्धारा प्रदेशबासीका नाममा सम्बोधन (पूर्णपाठ सहित)

Read Next

सिरूवा पर्वकाे महत्व

One Comment

  • Good job & Thank you for this work
    #Staysafe #Fight_against_Corona

Leave a Reply

Your email address will not be published. Required fields are marked *