Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021

गायक सन्तोषको ‘मरी लानु भोली के छ र’ भिडियो सार्वजनिक

झापा/ गायक तथा संगीतकार सन्तोष आले मगरको ‘मरी लानु भोली के छ र’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

राष्ट्रिय कलाकार विल्सन विक्रम राईसँगै स्थानीय कलाकारद्वय दिपना राई र सुगम नेम्वाङलगायतको अभिनय रहेको उक्त भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको हो ।

हाल अमेरिका निवासी देवी वाइबा राईको शब्दमा गायक तथा संगीतकार मगरको स्वर तथा संगीत रहेको उक्त भिडियोको निर्देशन तथा कोरियोग्राफी सुजन समाल मगरले र छाँयाकन योगेश दाहालले गरेका हुन् ।

भिडियोमा अर्जुनधारा नगरपालिका र माई नगरपालिकाको सीमानामा रहेको सुखानी शहीद स्मृति विकास पार्कसँगै पर्यटकीय क्षेत्र अर्जुनधारा–१स्थित हलुवागढ कालिखोला पर्यापर्यटन क्षेत्र र अर्जुनधारा–२स्थित साठीमुरेलगायतका स्थलहरुमा छाँयाकन गरिएको छ ।

कोभिड–१९का कारण अनौपचारीकरुपमा सार्वजनिक गरिएको उक्त भिडियो निर्माणको लागि समन्वय गर्ने अर्जुनधारा–१० वडा समितिका अध्यक्ष बलदेवसिंह गोम्देन र व्यवसायी राजु श्रेष्ठलाई उनले धन्यवाद ज्ञापन गरेका थिए ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले घर निर्माण गर्न ७५ लाख सापटी पाउने

Read Next

मेचीनगरकी उपप्रमुख उप्रेतीको आरोप झुठो : नेविसंघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *