Girl in a jacket

पछिल्लो अपडेट :

  • September 22, 2021

वडा अध्यक्ष ईजमकाे जन्मदिनमा संक्रमितलाई औषधी उपहार

चन्द्रडाँगी / वर्ष दिनमा एक पटक आउने जन्मदिनमा रमाइलो गर्न कसलाई पो मन नलाग्ला र ? तर रमाइलो गर्ने नाममा अनावश्यक रूपमा पैसा खर्च गरेर चकटेल र केक किन्ने र धूमधामसँग पार्टी नै गर्नुुपर्छ भन्ने चाहिँ होइन ।

यही परम्परालाई तोड्दै हिजोआज केही अभिभावकले आफ्ना छोराछोरीका जन्मदिन अलि भिन्न तरिकाले पनि मनाउने गरेको पाइन्छ । कसैले आफ्नो जन्मदिनमा कुुनै अनाथ आश्रम वा वृद्धा श्रममा गएर त्यहाँ खाना खुुवाउने गर्छन् भने कसैले विद्यालयमा गएर गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्छन् ।

आफ्नाे जन्मदिनका अवसरमा यस्तै रचनात्मक र अनुकरणीय काम गर्ने बानी आफ्ना सन्तानमा बसोस् भन्ने चाहना धेरै अभिभावकको हुन्छ । जन्मदिनका दिन अनावश्यक तडकभडक सहित गरिने खर्च कटौती गरी राम्रो काममा लगाउने विद्यार्थी, शिक्षक र अभिभावकको संख्या पनि विस्तारै बढ्न थालेको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नवीन ईजम शुक्रवार ३८ वर्षका पुगे । ३७ वर्षका उत्तरार्धका ७ दिन उनले आफ्नो जन्मदिन कसरी बनाउने भन्ने विषयमै उनी चिन्तित थिए । ‘पाटी गरौ कोहि छुट्ला भन्ने डर, नगरौं अघि पछि सहयोग गर्ने साथी भाई रिसाउलान भन्ने डर,’ उनले भने, ‘यो पटकको जन्मोत्सव फरक र रचनात्मक ढंगले आयोजना गर्ने निधो गरे ।’

उनले आफ्नो वडामा रहेका १७ जना संक्रमितलाई घरैमा रोग प्रतिरोधात्मक क्षमताका औषधी पुर्याएर यसवर्षको जन्मोत्सव संक्रमितसंग मनाए । वडा नम्बर ७ मा कोरोनाको दोस्रो लहर चलिरहदा सक्रिय संक्रमितको संख्या १७ पुगेको छ । संक्रमितका घरमा उनी एक्लै पुगे । वडा अध्यक्ष झोलामा कोसेली लिएर घरमा आउँदा आफु अचम्ममा परेको स्थानीय डम्बर प्रसाद लिम्बुले बताए । ‘सुरूमा झाेलामा के हाेला भनेर खुल्दुली भयाे, लिम्बुले भने, ‘उँहाले त औषधी पो ल्याउनु भएको रहेछ । हामी कोरोना संक्रमित भएर औषधी घरैमा ल्याईदिनु भएको रहेछ ।’

‘वडा अध्यक्ष अघिपछि पनि मोटरसाइकलमा गाउँको वस्तुस्थिति बुझ्न एक्लै आउनुहुन्थ्यो । यो पटक झोलामा कोसेली लिएर आउँदा हामी अचम्भित भएका छौं,’ लिम्बुले भने । उनका घरमा तीन जना संक्रमित छन् ।

जन्मदिनका दिन अनावश्यक तडकभडकसहित गरिने खर्च कटौती गरी राम्रो काममा लगाउने वडा अध्यक्ष इजमको कार्यशैलीले आफूलाई प्रभावित पारेको एलिना खड्काले बताइन् । रोग प्रतिरोधात्मक क्षमताका च्यवनप्रास , काडिजोन क्याप्सुल,अश्वगन्धा क्याप्सुल र तुलसी चियाले पुनर्जीवन दिन सक्ने संक्रमितले बताएका छन् ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

झापा शनिबार देखी फेरी सिल

Read Next

शिवसताक्षीमा भेरोसेल खोप १७ गते देखी लगाइने, सबै तयारी पूरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *