Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021

विश्वकप छनोट : नेपाल जोर्डनसँग भिड्दै, रचिएला त इतिहास ?

झापा / फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट अन्तर्गत नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्दै छ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा आज राति पौने १० बजे हुने खेलमा नेपाल जोर्डनविरुद्ध पहिलो जितको खोजीमा हुनेछ । छनोट चरणको समूह ‘बी’ अन्तर्गत संयुक्त रूपमा कुवेतमा भइरहेको खेलमा नेपालले पहिलो खेल २० जेठमा चाइनिज ताइपेईसँग खलेको थियो, जुन खेलमा नेपाल २-० ले विजयी भएको थियो ।

ताइपेईसँगको जितले हौसिएको नेपाली टिम जोर्डनविरुद्धको खेलमा उच्च मनोबलका साथ मैदान उत्रिने छ । फिफा वरीयतामा ९५औँ स्थानमा रहेको जोर्डनविरुद्धको खेलमा जित हासिल गर्न नेपाललाई त्यत्ति सहज भने हुने छैन । यसअघि छनोट चरणको पहिलो खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको थियो । त्यसैले पनि नेपाल अघिल्लो खेलमा ब्यहोरेको हारको बदला लिन चाहन्छ ।

जोर्डन भने नेपालविरुद्धको जितलाई निरन्तरता दिने ध्याउन्नमा हुनेछ । जोर्डन नेपाललाई हराउँदै समूहमा कम्तिमा दोस्रो बनेर विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा सिधै स्थान बनाउने लक्ष्यसाथ मैदान उत्रिने छ । नेपालको विश्वकप छनोटको सम्भावना भने सकिसकेको छ ।

त्यसैले नेपालको लक्ष्य एएफसी एसियन कप २०२३ का लागि छनोट हुनु हो ।  जोर्डनलाई हराएउन सके नेपाल एसियन कपको अर्को चरण प्रवेश लगभग पक्का जस्तै हुनेछ । 

नेपाल र जोर्डन अहिलेसम्म तीन पटक आमनेसामने भएका छन् । पछिल्लो पटक विश्वकप छनोट अन्तर्गतको खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको थियो । 

त्यसअघि विश्वकप छनोट अन्तर्गत सन् २०११ को २३ जुलाईमा भएको खेलमा नेपाल जोर्डनसँग ९-० ले पराजित भएको थियो भने २०११ को जुलाई २८ मा दशरथ रंगशालामा भएको खेलमा नेपालले  जोर्डनलाई १-१ गोलको बराबरीमा रोकेको थियो ।

बराबरीमा टुंगिएको खेलमा भरत खवासले बराबरी गोल गरेका थिए ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

पार्टी एकता जोगाउने एमाले अध्यक्ष ओलीले ल्याएको ६ बुँदे प्रस्तावको चौतर्फी स्वागत

Read Next

विश्वकप फुटबल छनोट : जोर्डनसँग नेपाल पराजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *