Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021

झापामा अक्सिजन बैंक शुरु

झापा / एकका लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंक झापामा बुधबारदेखि सञ्चालनमा आएको छ ।

यो बैंक सहारा नेपालको चारपाने स्थित कार्यालयमा रहने छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले अक्सिजन बैंकको उद्घाटन गरेपछि यसले पूर्णतापनि पाएको हो ।

कोरोनाको दोस्रो लहरमा अक्सिजन सिलिन्डरको अभावलाई मध्यनजर गर्दै एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्न जनस्तरबाट आर्थिक सहयोगको आह्वान गरेको थियो । अभियानले आज सम्म १ करोड ५३ लाख ७५ हजार आर्थिक सहयोग जुटाएको छ । देशभित्र र बाहिर बसेका नेपालीले १ सिलिन्डर बराबर १५ हजारका दरले अभियानलाई सहयोग गरेका थिए ।

३ सय सिलिन्डर खरिद गरेर ल्याइसकेको अभियानका संयोजक महेन्द्र गिरीले बताए । उनका अनुसार थप २ सय सिलिन्डर ल्याउने तयारी भइरहेको छ । सिलिन्डर खरिद गरेर बाँकी रहेको रकम कोभिड नियन्त्रणकै लागि खर्च गरिने र अभियानसँग भएका सिलिन्डर जिल्लाका अस्पताल , आइसोलेशन सेन्टर र सर्बसाधरणलाई उपलब्ध गराइने संयोजक गिरीले बताएका छन्।

अभियानले १ हजार ११ थान सिलिन्डर खरिद गर्ने छ । रिफिलका लागि ८ सय रुपैयाँ अभियानले लिएर सिलिन्डर उपलब्ध गराउने छ । सरकारी,निजी क्षेत्र र उधोगी ब्यवसायीहरुको सहयोगमा अक्सिजन प्लाण्ट समेत स्थापना गर्ने अभियानले योजना बनाएको संयोजक गिरीले बताए ।

कार्यक्रममा प्रजिअ तिमिल्सिनाले अभियानलाई धन्यवाद दिदैँ अक्सिजन प्लान्ट स्थापना गर्न आग्रह गरेका छन् । उनले महामारीमा सबै क्षेत्रको सहयोग र सहकार्य जरुरी रहेको बताए । उद्घाटन कार्यक्रम अन्तर्राष्ट्रिय झापाली समाजले १५ लाख र झापा जिल्ला सहकारी संघले ५ लाख सहयोग उपलब्ध गराएको छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

बिजुलीको नाङगो तार छुँदा बालकको मृत्यु

Read Next

निषेधाज्ञा उल्लंघन होटल सञ्चालकलाई २५ हजार जरिवाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *