Girl in a jacket

पछिल्लो अपडेट :

  • October 18, 2021

नैतिकताको आधारमा राजीनामा देऊ -प्रमुख सचेतक मगर

झिलझिले / नेकपा माओवादी केन्द्र एक नम्बर प्रदेशका प्रमुख सचेतक माननीय झलकसिंह दर्लामी मगरले प्रदेश सरकारको आयु अब तीन दिनमात्र बाँकी रहेको बताएका छन् ।

मुख्यमन्त्री भीम आचार्यले आगामी असोज ८ गतेभित्र विश्वासको मत लिनुपर्ने र उनले कुनै पनि हालतमा विश्वासको मत नपाउने हुँदा प्रदेश सरकारको आयु तीन दिनमात्र रहेको उनले बताए ।पार्टीका प्रदेश कमिटी सदस्य तथा झापा जिल्लाका सह इन्चार्ज समेत रहेका मगरले भने,‘ ‘वर्तमान सरकारसँग बहुमत छैन, यो एक महिने सरकार मात्र हो ।’

पाटी विभाजन भएपछि गठन भएको सरकारको मितिलाई गणना गरेर असोज ८ गते अगावै मुख्यमन्त्री आचार्यले संसदमा विश्वासको मत लिनुपर्ने सचेतक मगरले बताए । तर, एक नम्बर प्रदेश सरकारको संसद असोज २२ गते मात्र बोलाइएको छ । जस्का कारण यो सरकारले आफ्नो आयु लम्ब्याउन बिभिन्न तिकडम सुरु गरेको हुन सक्ने सचेत मगरले आरोप लगाएका छन् ।

संसदमा संख्या नपुगेपछि नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरे पनि मुख्यमन्त्री आचार्यले मन्त्री परिषद् विस्तार गरेर सरकारलाई नै पंगु बनाएको आरोप लगाए । ‘नेकपा एमालेको नेतृत्वमा आचार्य मुख्यमन्त्री बनेका हुन् । जतिबेला उनिसंग बहुमत नै थिएन,’ उनले भने ।

नेकपा एमालेबाट समाजवादी रोजेका १० सांसदका एक नम्बर प्रदेश सरकार संकटमा परेको मगरले बताए । नेकपा एमालेसँग ४० जना मात्र सांसद रहेको भन्दै प्रदेश सांसद दर्लामीले भने, ‘संसदमा बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ । त्यो एमालेसँग छैन ।’

नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत नेकपा समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन, लिम्बुवानका एक र राप्रपाका एक गरी ५१ सांसद आफूहरुसँग रहेको उनले दाबी समेत गरे । आफुहरु भनेको एमाले बाहेकको बर्तमान गठबन्धन हो ।

असोज ८ गतेभित्र विश्वासको मत नलिए संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा विपक्षी दलहरु एकमत रहेको दर्लामीको भनाइ छ । बर्तमान गठबन्धन कुनै हालतमापछि पर्ने छैन । ‘ईमान र राजनीतिक इज्जत भए अविस्वासको प्रस्ताव टेवल हुनु अगावै राजिनामा दिएर मुख्यमन्त्री आचार्यले पार्टीको गरिमा जोगिने थियो,’ उनले भने ।

मुख्यमन्त्रीबाट शेरधन राईले राजीनामा दिए लगत्तै एमालेले आचार्यलाई संसदीय दलको नेता घोषणा गर्दै मुख्यमन्त्री बनाएको थियो । विपक्षी गठबन्धनले वर्तमान सरकार हटाएपछि एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्ने तयारी समेत थालेको प्रदेश सांसद दर्लामीले जानकारी दिए । मुख्यमन्त्री आचार्य गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय

Read Next

शिवसताक्षीमा कांग्रेस अधिवेशन : सचिव पदका प्रत्याशी अधिकारीले पनि उम्मेदवारी नदिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *