Girl in a jacket
  • February 27, 2021

एपिएफलाई हराउँदै प्रदेश १ ले जित्यो प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि

झापा / विभागीय टोली एपिएफलाई हराउँदै प्रदेश नम्बर एकले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० प्रतियोगिताको उपाधि जितेको छ।

डिफेन्डिङ च्याम्पियनसमेत रहेको एपिएफलाई रोमाञ्चक खेलमा ६ रनले हराउँदै प्रदेश-१ ले उपाधि जितेको हो।

लमही क्रिकेट मैदानमा प्रदेश-१ ले दिएको १०६ रनको लक्ष्य पछ्याएको एपिएफ निर्धारित २० ओभरमा ९९ रनमा समेटियो।

एपिएफलाई रोक्न एक नम्बर प्रदेशका लागि कप्तान रूविना क्षेत्री र आलिसा खडियाले समान २-२ विकेट लिइन् भने संगीता राईले १ विकेट लिइन्।

एपिएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रन बनाइन्। करूणा भण्डारीले २६ रन बनाउँदा ज्योति पाण्डेले १४ रन जोडिन्।

यसअघि टस जितेर पहिले ब्याटिङ निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०५ रन बनाएको थियो।

प्रदेश-१ को ब्याटिंगमा ओपनर अप्सरी बेगमले सर्वाधिक ३५, काजल श्रेष्ठले अविजित २९ तथा कप्तान रुबिना क्षेत्रीले १८ रन योगदान दिएका थिए।

नियमित ओभर काजल श्रेष्ठको स्थानमा ओपनिंग ब्याटिङमा आएकी अप्सरी बेगम र कप्तान रुबिना क्षेत्रीले ५८ रनको सर्वाधिक ओपनिङ साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए।

१३ औं ओभरमा रुबिना र अप्सरी दुवैलाई एपीएफ कप्तान सिता राना मगरले पेभेलियन फर्काइन्। त्यसपछि सिताले रोमा थापाको पनि विकेट लिंदै प्रदेश-१ लाई इनिंगको अन्तिममा दबाब बनाइन्। त्यसपछि तेस्रो नम्बरमा ब्याटिंग गरेकी काजल श्रेष्ठले एक किनार सम्हाल्दै अन्तिमसम्म ब्याटिंग गरिन्।

एपीएफको बलिंगमा कप्तान सिता राना मगरले सर्वाधिक ३ विकेट हात पारिन् जुन क्रममा ४ ओभरमा १७ रन खर्चिन्। करुणा भण्डारीले १ विकेट  हात पारिन्।

प्रतियोगिताको समुह चरणको खेलमा एपीएफ समुह ‘ए’ को तथा प्रदेश-१ समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो। एपीएफले सेमीफाइनलमा सुदूरपश्चिमलाई तथा प्रदेश-१ ले लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाइनल यात्रा गरेको हो।

प्रतियोगिताको विजेता एक नम्बर प्रदेशले नगद ५ लाख रुपैयाँसहित ट्रफी पाउनेछ भने उपविजेतामा चित्त बुझाएको एपिएफले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै सेमीफाइनलमा पराजित सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले समान २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल

Read Next

प्रधानमन्त्रीको ‘एकात्मक अभ्यास’: राजनीतिक र संवैधानिक अन्यायमा प्रदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box