Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021

बाह्रदशीमा पत्याउनै नसकिने बलात्कारको घटना : बहुअपाङ्गता युवतीको पेटमा ७ महिनाको गर्भ

बाह्रदशी / झापामा १६ वर्ष देखि ओछयान परेकी बहुअपाङ्गता भएकी युवती गर्भवती भएकी छन् । बोल्न, सुन्न, हिड्न, खान र शौच बस्न समेत नसक्ने अवस्थाकी आर्यन समुदायकी युवती गर्भवती भएको हाम्रो बाह्रदशी अपाङ्गता अभियानले जनाएको छ । सो अभियानले बाह्रदशीमा अपाङ्गता भएकाको बारेमा जुनसुकै प्रकृतिको पनि सकरात्मक काम गर्दे आएको छ ।

अभियानका अध्यक्ष सन्तोष सुवेदी र सचिव ओमप्रकाश संग्रौलाले बहुअपाङ्गता भएकी अविवाहित युवती गर्भवती भएको थाहापाएपछि घटना बाहिर आएको हो । उनिहरुले भने, ‘जो सुकै होस, खोजतलास गरेर तत्काल कानुनी दायरामा ल्याउन प्रशासनसंग जोडदार माग गर्दछौ ।’

युवतीकाका बडिबा बडिआमा झापाको सुरुङ्गामा बस्छन् । भाइको घरमा जाँदा युवतीका बुबाले भाउजुलाई छोरीको जिउमा अस्वभावीक परिवर्तन आएको सुनाएका थिए ।

उनले भने, ‘सुरुमा मैले मेरै भाउजुलाई सुनाए । भाउजुले डरलाग्दो अनुमान गर्दे भन्नुभयो, ‘‘पेट पनि बढेको छ । स्तनको आकार पनि अस्वाभाविक छ । नानीको स्वास्थ्य परिक्षण गर्नुपर्छ ।’’ बडिआमा ले स्वास्थ्य परिक्षण गर्ने योजना बनाएपछि हामी छोरी सहित स्थानीय दिदी बहिनी संगै बाह्रदशी गाँउपालिका वडा नम्बर ५ को एक क्लिनीकमा युरिन टेष्ट गर्न गयौं ।’ युरिनको रिपोर्ट पोजेटिभ आएपछि सबैजना अचम्बीत बनको उनका बाबुले बताएका छन् ।

‘जेठि छोरीको बिहे गरेर ज्वाँईका घरमा छे । छोरो एउटा छ,’ गर्भवती युवतीका बुबाले भने, ‘छोरीको शरिरमा अस्वाभाविक परिवर्तन आएपछि सहोदर दाजु भाउजु आएका बेला सुनाए । स्वास्थ्य परिक्षण गर्दा छोरी त ७ महिनाकी गर्भवती पो भएकी रहेछिन् ।’

‘महिनावारी हुँदा म आफै सरसफाई गर्थेे । खाना आफै ख्वाउथे, शौचालय आफै लैजान्थे । उसकी आमा २ वर्ष देखि कुवेतमा छ । ११ वर्षको छोरालाई घरमा छोडेर मजदुरी गर्न जान्थे । यस्तो कुकर्म होला भनेर कसरी कल्पना गर्नु ?’ ती युवती बोल्न सक्दिनन् । स्थानीय विष्णु माया प्रसाईले भनिन् ‘ हामीले गाँउका सबै केटा देखायौ, होइन भन्छे । परिवारका सदस्यलाई इंगित गर्दे सोध्यौ, त्यो पनि होइन भन्छे । दिउसो घरमा कोहि नभएको बेला आएर कसैले उसको अस्मिता लुटेर यो हालत बनाईदियो ।’

दुई वर्षदेखि युवतीका बुबाले छोरीको महिनावारी भएको बेला नियमित यौनाङग सफा गरिदिने र सफा कपडा लगाईदिने गरेको बताए । ‘शौच गरेपछि पनि मलद्धार सफा गर्नु पर्छ, आमा छैन, दिदीको बिहे गरेर ज्वाँईको घरमा छे मैले नगरे कस्ले गर्छ त ? भाईले गर्ने कुरै भएन,’ मलिनता स्वरमा उनले भने ‘म त बाबु हुँ, नी छोरी मेरै हो , मैले लाज र घिन मानेर हुन्छ र ?’
‘नुहाउँदा धुवाउँदा कुनै संङका लागेन, म छोरो मान्छे, सबै कुरा मलाई थाहा कसरी हुन्छ र,’ उनले भने ‘गर्भ बाहेकको अन्य कुनै कारणले महिनावारी रोकिएको होला भनेर अनुमान गरे ।’ उनले सुनेका रहेछन्, हर्मोनको गडबढीले महिनाबारी तलमाथी हुन्छ भनेर ‘त्यसैमा ढुक्क थिए । तर, नसोचेको घटना भयो,’ उनले भने ।

छोरीलाई कस्ले यस्तो कुकर्म गर्यो भन्ने बारेमा उनलाई थाहा छैन । उनले भने, ‘घरमा कोहि नभएको मौका छोपेर दिउँसो बलात्कार गरेको हुनुपर्छ । मेरो छोरी चल्न चटपटाउन मात्र सक्छे । प्रतिकार गर्न सक्दिन,’ उनले भने ‘लौ न मलाई सारै आपत आईलाग्यो, कसरी व्यवस्थापन गरौे ?’

स्थानीय प्रहरी र छिमेकीले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेका छन् । प्रहरी चौकी फुलवारीका प्रहरी साहायक निरीक्षक टंक खत्रिले भने, हामीले पीडितका कुरा सुनेर अनुसन्धान अघि बढाएका छौं । केहि दिनमा परिणाम आउछ ।’

उनले गरिबीका कारण श्रीमतीलाई बैदेशीक रोजगारमा पठाएका हुन् । उनको योजना श्रीमतीले कमाएको पैसाले घर बनाउने छ । महिनाको ३० हजारका दरले प्रत्येक दुई महिनामा श्रीमतीले ६० हजार रुँपैया पठाउने गरेकी छन् । ‘भो अब जस्तो सुकै दुःख परोस । घरको बेहाल हँुदा विदेशको पसिना चाहिदैन भनेर बोलाएको छु । सायद छिट्टै आउछिन होला,’ उनले भने ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

झापामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु, दुई घाइते

Read Next

निकिशा श्रेष्ठमाथि सडकमा दुर्व्यवहार गरेको भिडिओ अपलोड गर्ने एक जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *