Girl in a jacket
  • February 27, 2021

शिवसताक्षी रेडक्रसको २६ औं साधारणसभा सम्पन्न

शिवगन्ज / नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखाको २६ औं साधारणसभा बिहीबार सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी १ नं. प्रदेशका कोषाध्यक्ष ओमप्रकाश गौतमको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएकाे हाे । कार्यक्रममा शिवसताक्षी नगरभित्रबाट सर्वाधिक ६५पटक रक्तदान गर्नुका साथै मरणोपरान्त आफ्नो शरीर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई दानकाे घाेषणा गरेका छबिलाल दबाडीसहित सतासीधाम जेसिज बर्ष २०२०, लायन्स क्लब अफ शिवसताक्षी, धरमपुर साकोस, साइनो साकोस, सौजन्य साकोस, वाणिज्य बैंक शिवगञ्ज, र भानु माध्यमिक विद्यालय लालझोडालाइ सम्मान गरिएको छ ।

लगनशीलता परिश्रम र विपद एवम् जोखिम बीच मानवीय सेवामा समर्पित हुने नै रेडक्रसकर्मी हुन सक्ने प्रमुख अतिथि गौतमले बताए । सभामा नेपाल रेडक्रस सोसाइटी १ नम्बर प्रदेशका उपकोषाध्यक्ष प्रकासचन्द्र खरेल, प्याब्सन प्रदेश नम्बर एकका उपाध्यक्ष मिलनकुमार ढुंगाना लगायतले मन्तव्य राखेका थिए ।

विपद व्यवस्थापन र रेडक्रसबारे बुझेका पालिका प्रमुखहरुबाट सहयोग राम्रो भएपनि कतै कतै राजनीतिक पूर्वाग्रहका कारण सहयोग हुन नसकेको उनिहरूकाे गुनासाे थियाे । संस्थाका सचिव गोबिन्द काफ्लेले सन्चालन गरेकाे कार्यक्रम उपसभापति लोकबहादुर रोकाकाे स्वागत र सभापती नारायण दाहालकाे अध्यक्षतामा भएकाे थियो ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

करणी मुद्धाका फरार अभियुक्त पक्राउ

Read Next

प्रतिनिधिसभा विघटनको फैसला कहिले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box