Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021

युवा परिषदको अध्यक्ष बने रोशन

झिलझिले / झापाको शिवसताक्षी नगरपालिका वडा नं ११ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको युवा परिषद गठन भएको छ ।

शनिबार मन्दिरमा आयोजित एक कार्यक्रमकाबीच प्रणामी धर्म सम्प्रदायका युवा युवतीहरुलाई एकजुट बनाउने उद्देश्यले नयाँ नेतृत्व चयन गरिएको हो । शिवसताक्षी नगरमा १ हजार २ सय घरपरिवारले प्रणामी धर्म मान्ने गरेका छन् ।

नवगठित युवा परिषदको अध्यक्षमा रोशन खड्का चयन भएका छन् । यसअघि अध्यक्ष खड्का सोही समितिको उपाध्यक्ष पदमा थिए ।

यस्तै उपाध्यक्षमा विशाल बुढाथोकी चयन भएका छन् भने सचिवमा दीप दाहाल, सहसचिवमा भुवन दाहाल र कोषाध्यक्षमा अस्मिता दाहाल चयन भएका छन् ।
यस्तै सदस्यमा रञ्जना उप्रेती,दिपेश खड्का, टंक प्रसाद सिवाकोटी र दिलिप सिवाकोटी निर्विरोध चयन भएका छन् ।

एक वर्षे कार्यकालका लागि गठित युवा परिषद्ले समाजमा रचनात्मक काम गर्ने नवगठित समितिका अध्यक्ष रोशन खड्काले बताए । उनले समिति गठन भए लगत्तै शिवसताक्षी नगरपालिका वडा नम्बर ७ का अग्नि पिडित रामबहादुर खड्काको परिवारलाई राहत सामग्री प्रदान गर्ने बताएका छन् ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी धर्मका केन्द्रीय युवा परिषद्का सदस्य धर्मप्रसाद भट्टराई, झापा जिल्लाका उपाध्यक्ष टहलदास ओली, जिल्ला सचिव सुरज  सापकोटा, जिल्ला सदस्य दिनेशकुमार उप्रेती लगायतले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । कार्यक्रम निवर्तमान अध्यक्ष राकेश सिंहको अध्यक्षतामा भएको थियो ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

सडिन लागेकाे जरा कुँदेर छोराछोरी पढाउँछन् दाेमुखाका थेवे

Read Next

उपप्रमुख नेपालले दिइन् गरिबलाई बुच्चा र भुनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *