Girl in a jacket

नेपाली कांग्रेसको अनुकरणीय काम : दशैँको अक्षता मुछने चामल नभएका परिवारलाई सहयोग

झिलझिले / नेपाली कांग्रेस शिवसताक्षीले दशैंको शुभकामना सहित विपन्न परिवारलाई राहत वितरण गरेको छ । नगरका करिव २५ घर परिवारलाई घरघरै पुगेर दशैँको महानवमीका दिन खाद्यन्न लगायतका सामग्री प्रदान गरेको हो ।

दशैको उल्लास गरिबका घरमा नआएको रिपोर्टिङ्गपछि नेपाली कांग्रेसले यसको तारतम्य मिलाएको थियो । १४ औँ अधिवेसनबाट निर्वाचित पदाधिकारी सहितको टोली विपन्नको घरैमा पुगेर चामल, दाल, नुन, तेल र नगद वितरण गरेको थियो ।

नगर कार्यसमितिले वडा समितिलाई वडामा रहेका हदैँसम्मका विपन्न परिवारको छनौट गरि नगरलाई जानकारी दिने भनेपछि नगरका वडा सभापतिको छनौटमा विपन्न परिवारले राहत पाएको नेपाली कांग्रेस शिवसताक्षी नगरका सभापति अशोक बस्नेतलले बताए । राहत वितरण कार्यक्रमको सम्योजन झापा काठमाण्डौँ सम्पर्क मञ्चका उपाध्यक्ष तथा पाटीका क्षेत्रिय प्रतिनिधि मचिन्द्र शेर्माले गरेका थिए ।

नगर समितिका अनुसार विहिबार वडा नम्बर १ का ४, वडा नम्बर २ का ४, वडा नम्बर ८ का १, वडा नम्बर १० का ७ र वडा नम्बर ११ का ३ घरका विपन्न परिवारले नेपाली कांग्रेसको राहत पाएका थिए । पार्टीका उपसभापति सन्त फेवदिनका अनुसार बाँकी रहेका अन्य वडाका विपन्न परिवारलाई शुक्रबार विहान वितरण गरिने कार्यक्रम छ ।

गरिवीका कारण नेपालीहरुको महान चाड दशैं खुसीसाथ मनाउन नसकेपछि राहत वितरण गरिएको शिवसताक्षी नगरका निवर्तमान सभापति पर्शुराम ढुँगानाले बताए । उनले भने, ‘विहान बेलुकाको छाक टार्न मुस्किल रहेका परिवारका घरमा टिका मुछ्ने अक्षता समेत नभएका निर्बलिया परिवारले राहत पाएका छन् ।’

नेपाली कांग्रेसले दिएको मन्सुली चामलको अक्षताले छोरा, बुहारी, नाति, नातिनालाई निधार भरी टिका लगाईदिएर आर्शिवाद र दक्षिणा दिने वडा नम्बर २ का अम्बर बहादुर जोसीले बताए । उनका घरमा अन्नपात छैन । उमेरले ७५ टेकेका उनका घरमा अरु दिन जस्तै दशैं हुने गरेको छ । उनले भने, ‘धन सम्पती अन्नपात भएको भए चाडपर्व आए जस्तो हुन्थ्यो । नहुँदा गरिवका घरमा के को चाडपर्व ।’

वडा नम्बर २ का मंगलशिह राईका घरमा पनि अन्नपात छैन । उनि बसेको घरपनि छिमेकीले दिएको हो । कसैले दियो भने उनको घरको चुलो विहान बेलुका धुँवाउने गरेको छ । नदिए भोकै विच्यौनामा पर्छन् । उमेरले ७५ काटेका राईको काम गर्ने तागत कमजोर हुदैँ गएको छ । ‘गरिवका घरमा विना सूचना चामल, दाल, नुन, तेल र नगद लिएर आउदाँ साच्चै दशैं आएको अनुभुती भयो,’ राईले भने ।

वडा नम्बर २ कै कमल खोलाको तटिय क्षेत्रमा छाप्रा हालेर बसेका लखिराम हास्दाका छोराछोरीले दशैंको नयाँ लुगा लगाउन नपाएकामा दुखी छन् । कृषी मजदुरका रुपमा काम गर्ने हास्दा दम्पतीको कमाई विहान बेलुकाको खाना र ३ छोरी १ छोराको शिक्षा खर्च मै सकिने गरेको छ । हास्दाले भने , ‘तपाईँ (नेपाली कांग्रेस) ले दिएको खाद्यन सहयोगले यसपालीको दशै खुसी साथ मनाउने छौं ।’

राहत पाउने परिवारले हर्षका आँसु समेत झारेका थिए । कतिपयका घरमा छोरी ज्वाईलाई टिका लगाईदिएर दक्षिणा दिने रुपैँया थिएन । ‘नेपाली काँग्रेसले दिएको राहतले हाम्रो परिवार सहित आफन्त, नाता गोता पनि खुसी हुनेछन् ।

राहत वितरण कार्यक्रम शुक्रबार पनि हुनेछ । नेपाली कांग्रेसका निर्वर्तमान उपसभापति विनोद ढकाल, वडा नम्बर २ का सभापति काजिमान बुढाथोकी, नगर सदस्य राकेश रिजाल, वडा नम्बर ११ का सहसचिव ब्रिजेस गिरी लगायत सहभागी थिए ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

इतिहास बनाउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

Read Next

सप्तरी दुर्घटना : शिवसताक्षी र भद्रपुरका एक-एक सहित ३ को मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *