Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021

बाँच्छु जस्तो त एक प्रतिशत पनि लागेको थिएन

सन्तकुमार फेवादिन
युवा नेता, नेपाली काँग्रेस शिवसताक्षी

विश्व अहिले कोरोना महामारीको दोस्रो लहरको चपेटाबाट गुज्रिरहेको बेला मलाई पनि कोरोना संक्रमण भयो । म, शिवसताक्षी नगरपालिका वडा नम्बर ८ सम्झना चोकमा बस्छु ।

सामुदायिक प्रहरी सेवा केन्द्र शिवसताक्षी र नेपाली काँग्रेस लागयत अन्य समाजिक संघ संस्थामा सक्रिय भएकैले म दिनहुँ व्यस्त हुन्थे । मुद्धा मामला,वाद-विवाद, झै-झगडा जस्ता घटनाको दुबै पक्षको छलफलमा मलाई खवर हुन्थ्यो । म, जानै पथ्र्यो । मेरो स्वभाव र निर्णायक क्षमता सायद उपयुक्त लागेरै होला म असमझदारी चिर्ने कार्यमा सरिक हुन्थे ।

मलाई सुरुमा ज्वरो आयो । भित्र छाति पोल्यो र जीउ दुख्यो । तीनवटा लक्षण एकै पटक आउने बित्तिकै मैले पिसिआर गरे । बैसाख २५ गते पिसिआर गरेपछि त्यसको रिपोर्ट २६ गते आयो । जतिवेला मोवायलमा पोजेटिभ रिपोर्टको घन्टी बज्यो, अनि मेरो सातो पुत्लो उडयो ।

मलाई झन कठिन भयो । रिपोर्ट पोजेटिभ आएपनि मैले अस्पताल जाने इच्छा तत्काल गरिन । सामान्य होला भन्ठानेर २ दिन घरैमा होल्डमा बसे । जति बेला छाति भतभती पोल्न थाल्यो अनि नगरको स्वास्थ्य शाखामा खवर गरे ।

नगरको स्वास्थ्य शाखाको टोली चिकित्सक सहित आउनु अगावै मैले कुनै स्वाथ्यकर्मीको सल्लाहमा चिसो पानीमा कागतीको रस मिसाएर पिएको थिँए । केहि आराम होला भन्ने सोचे तर, ठिक उल्टो भयो । मलाई स्वास फेर्न निकै कठिन भयो । म घरैमा छटपटाईरहेको थिए । गाँउमा कसैले मलाई अप्ठेरो भएको पत्तै पाएका थिएनन् । घरका सबै सदस्य आत्तिरहेको म नजिकबाट देखिरहेको थिए ।

अति पिडा भइरहेका बेला शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाको टोली मेडिकल अधिकृत डा संविन ढकाल सहित आईपुग्यो । त्यो टोलीमा हेल्थ असिस्टेण्ड संजय ठकुरी र वडा नम्बर ८ को कोभिड फोकल पर्सन पनि हुनुहुन्थ्यो ।

मेरो पिडा देखेर उहाँहरु आत्तिनु भयो । अक्सिजनको मात्रा घटिरहेको रहेछ । मलाई थाहा भएन । घरमा एउटा सिलिण्डर थियो । हतार हतार डा सविनले अक्सिजनको क्याप निकालेर मेरो नाकमा लगाईदिनु भयो । केहि राहत भएको महसुस गरे । तर अक्सिजनको लेवल घर बढ भएको रहेनछ । स्वास्थ्यकर्मीको टोली वेट एण्डसीमा हुनुहुन्थ्यो । अक्सिजनको लेवल बढ्छकी भनेर । तर स्थिर भएछ ।

तेतीबेलै पत्रकार विनोद सापकोटा पनि आउनु भयो । उहाँ मेरो सहपाठी हो । मेरो अवस्था देखेर स्वास्थ्यकर्मीसंग तत्काल अस्पताल पठाउन पत्रकार सापकोटाले पहल थाल्नु भयो । स्वास्थ्य कर्मीको टोलीले पनि दमकको एडभान्स अस्पताल पठाउनका लागि अगाडी देखि नै छलफल गरिरहनु भएको रहेछ ।

पत्रकार सापकोटाले झापाको विर्तामोड स्थित विएण्डसी अस्पतालमा आईसियु र भेन्टिलेटर आवश्यक्ता अनुसार खालि रहेको नरहेको बुझुनु भयो । अस्पताल प्रशासनसंग नजिकको सम्बन्ध रहेकै कारण आईसियु र भेन्टिलेटर जुन आवश्यक्ता हुन्छ दुबै उपलब्ध हुने भयो ।

हामी विएण्सी जानका लागि तयार हुदै थियौं । पत्रकार सापकोटाको मोवायलमा फेरि फोन आयो । अस्पतालबाट फोन आएको रहेछ । फोन लाउडस्पीकर पारेर हामी सबैले सुन्यौ । ‘ सर, २ लाख धरौटी सहित आउनुहोला ।’

यति सुनेपछि पत्रकार सापकाटाले अहिले साँझको ६ बज्न लागेको छ । बँैंक बन्द छन् । भोली सबैरै जम्मा गर्ने भन्नुभयो । पत्रकार सापकोटा संग जो मान्छे कुरा गर्दे थियो । पटक्कै मानेन । उहाँले अनुनय विनय गर्नुभयो ।

अस्पताल तर्फको बोल्ने मान्छेले प्रष्ट भने ‘सरसंग अस्पताल संचालकको जस्तो सम्बन्ध भएपनि हामी कर्मचारी हौँ, दिएको निर्देशन पालन गर्नुपर्छ नत्र जागिर चट,’ उनले भने । ‘डिपोजिट बिना प्लिज बिरामी नल्याउनु होला ।’

यती भनेपछि विनोद जीले फोन काट्नु भयो र अस्पतालका निर्देशक दुर्गा प्रसाईलाई फोन गर्नुभयो । फोन नउठेपछि विएण्डसी तिर जाने योजना काटेर दमकको एडभान्स अस्पतालमा हामी उपचारका लागि गयौं ।

जेठ २९ गते अस्पताल भर्ना भएपछि म प्रत्येक दिन कोरोनासँग लडिरहे । बाँच्ने संघर्ष गरिरहे । आशा र उच्च मनोबल राखेर आफ्नो दृढ विश्वास र सकारात्मक सोचले यसमाथि छिट्टै विजय हासिल गर्ने प्रण पनि गरे ।

कोरोनाले हात खुटटा दुख्ने, जीउ दुख्ने, रुघाखोकी र टाउको दुख्ने जस्ता शुरुवाती लक्षणले मनमा त्रास फैलिएको थियो । संसारको कहाली लाग्दा घट्ना सबै यत्रतत्र सवत्र सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत ज्ञात नै थियो । यसले मनोवैज्ञानिक त्रास त थियो नै । म सोच्थे, अब म कतिबेला मर्छु मलाई नै थाहा छैन ।

एडभान्स अस्पतालमा २ दिनको उपचारपछि मलाई थप उपचार आवश्यक भएको थाहा पाँए । यसको अर्थ मेरो स्थिती जटिल बन्दै छ । आफन्तलाई भेन्टिलेटर भएको अस्पताल खोज्नुस भनेर एड्भान्सले भनेको कुरा मेरो कानमा पर्यो । तेतिबेला मेरो मुटुको धड्कन तेजसंग चल्न थाल्यो । स्वास लिन र फ्याक्न गारो भयो । यहाँबाट म निकालिएभने म मर्देछु । मेरो घर परिवार सबैलाई सम्झे । आँखाबाट आँसु खस्न थाल्यो ।

स्वास्थ्य अवस्था जटिल बनेपछि आफन्तले विर्तामोडको विएण्डसी अस्पताल लानु भयो । अस्पताल पुगेपनि म एम्बुलेन्समै छटपटाइरहे । आईसियु र भेन्टिलेटर दुबै प्याक रहेछ । डाक्टरले मलाई हेर्नुभएछ । यहाँ उपाय छैन भन्दै एम्बुलेन्सबाट उतार्ननै अस्पतालले दिएन । जतिबेलामलाई अस्पतालाले फिर्ता पठायो, मेरो आधा परान त्यहि गएको थियो ।

१ घन्टापछि अस्पतालले आईसियुबाट एक जना विरामी नर्मल बाडमा सारेर भएपनि मलाई भर्ना लिने भयो । नर्मल बेडमा आउने संक्रमित सामान्य अवस्थाकै रहेछन् । उनले सिकिस्त विरामी आएको थाहा पाएपछि मेरो लागि आइसियु छोडिदिए । जस्का कारण म बाँचे ।

एम्बुलेन्सबाट मलाई निकाल्दा म अचेत थिए । मलाई केहि थाहा थिएन । आईसियुमा पुगेपछि अक्सिजनको क्याप नाकमा लगाइएको थाहा भयो । जस्ले मलाई स्वास फेर्न मद्दत गरिरहेको थियो । अक्सिजनको लेवल तल झरेको रहेछ । जस्का कारण मलाई स्वास लिन गारो भएको रहेछ ।
विएण्डसीको आइसियु कक्षमा सबै बेड कोरोनाका विरामीले भरिएका थिए ।

मेरो दिन बलियो । मैले आइसियु पाए । विएण्सीमा भर्ना भएयता मेरो ४ पटक पिसीआर भयो । ७ दिन देखी स्वास फेर्न सजिलो हुँन थालेपछि चिकित्सकले ढाप मार्दे बधाई दिदैं भने, ‘तपाई जस्तो सिरियस विरामीलाई बचाउन सकियो ।’ चिकित्सकको यस्तो कुरा सुन्दा धेरै खुसी हुन्थे । त्यस अघि गरिएका पिसिआरको रिपोर्ट पोजेटिभ आउँदा फेरि परान जान्थ्यो ।

मेरै छेउका संक्रमित मर्नलाई छटपटाएको देख्दा मेरो पनि त्यस्तै हुँदो रहेछ । कतिपयसंगै बसेकालाई कोरोनाले चुँढेर लग्यो । नेपाली सेनाको टोली पीपीइसेट लगाएर लास उठाउन आँउदा मन भारी हुन्थ्यो । यो १४ दिनमा हरेक भोग्नु पर्यो । अत्यास लाग्दो थियो ति दिन मलाई ।

अस्पतालमा म रहँदा प्रत्यक्ष रुपमा आफन्तसंग भेट्न पाईदैन थियो । भित्रबाट मैले लेखेको पत्र बाहिर रहेका आफन्तले पढेर थाहा पाउने र बाहिर भएका आफन्तले पनि म संग कुरा गर्दा कागजमा लेखेरै जानकारी पाउँथे । यसको सहजीकरण सुरक्षाकर्मीले गर्थे ।

एक दिन मेरो साथी पत्रकार विनोद सापकोटा अस्पताल आउनु भएछ । म संग भेट्न उहाँले प्रयास गर्नुभएको जानकारी पाए । तर, सुरक्षाकर्मी र अस्पताल प्रशासनको कडा नियमका कारण उहाँ भित्र पस्न सक्नु भएन । उहाँले सुरक्षाकर्मी र मेरो उपचारमा खटिने स्वास्थ्यकर्मी संग मेरो बारेमा बुझ्नु भएछ । पछि यो कुरा चिकित्सकबाट थाहा पाएँ । खुसीले गहभरी आँसु आए । जस्ले मलाई बेलैमा अस्पतालसम्म आउन सहयोग गरेकै कारण पुर्नजिवन प्राप्त गर्न सफल भए ।

उहाँले मेरो अवस्था बुझेपछि घर फर्केको जानकारी पाए । त्यसपछि अस्पताल प्रशासनका साथीहरुले पटक पटक म संग समन्वय गर्नुभयो । चिकित्सकले ढाँप मार्दा अब म बाच्छु जस्तो लाग्यो । परिवार, स्वास्थ्यकर्मी र साथीभाईको सहयोग निरन्तर पाईरहे । जस्का कारण मृत्युको मुखबाट फुत्किएर मंगलबार साँझ घर आएको छु ।

म प्रति सहानुभुती राख्ने नेपाली काँग्रेसको वडा देखी केन्द्रिय समिति सम्मका नेता कार्यकर्ता र राजनीतिक पार्टीका शुभचिन्तक, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि शुभचिन्तक, छर-छिमेकबाट पाएको हौसलाले मैले कोरोना जित्न सफल भए । शिवसताक्षी नगरपालिका र यहाँको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीबाट पाएको हौसला नै कोरोना जित्ने मुलमन्त्र बन्यो ।

अस्पतालमा ७ लाख रुपैयाँ विल उठेको रहेछ । बाँचेर आएपछि त कमाउँला, लागेको ऋण तिरौला । आमा धनकुमारी म निकोभएर आउँदा दोश्रो पटक खुशी हुनुभयो । म जन्मिएका दिन जति प्रसव पिढा भुलेर जति खुसी हुनुहुन्थ्यो सायद त्यतिनै खुसी म आएको बेला हुनुभयो । ‘अस्पताल जाँदा पनि देवदेउता पुकारेको थिए, ‘हे भगवान ! मेरो छोरालाई केहि नहोस् भनेर कयौ पटक भगवान पुकारे । छोरो निकोभएर आँउदा हर्षले थाम्न सकिन म त रोएछु,’ आमाले भन्नुभयो ।

कोरोना संक्रमण हुन अघि सामान्य लाग्थ्यो । तर बिल्कुलै होइन रहेछ । पिढा सम्झिदा अब निषेधाज्ञा भरी घर बाहिर निस्किन्न । छाति बचाउन सकियो भने, ज्यान बच्दो रहेछ । मोटो र दीर्घ रोगिहरुलाई संक्रमण हुनबाट जोगाउनु पर्ने रहेछ । उनिहरुमा संक्रमण भयो भने हत्तपत्त निको हुन गारो रहेछ ।

समयमै उपचार भए, संक्रमितले आत्मबल उच्च बनाए , चिकित्सकको व्यवहार सकरात्मक भए र आफन्तको हौसला पाउने संक्रमितले कोरोना सहजै जित्न सक्ने म आफुले बुझे ।

कुराकानीमा आधारित

कमेन्ट गर्नुस्

admin

Read Previous

शिवसताक्षी नगरपालिकाले संक्रमित बचाउन गर्यो अक्सिजन सिलिण्डर सहयोगको आह्वान

Read Next

शिवसताक्षीका किसानलाई अनुदानमा आधुनिक कृषि औजार

Leave a Reply

Your email address will not be published. Required fields are marked *