Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021

बसको ठक्करबाट चुलाचुलीका राजेन्द्रको मृत्यु

झिलझिले / झापामा यात्रुवहाक बसको ठक्करबाट स्कुटीमा सवार एक युवकको मंगलबार विहान मृत्युु भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ९ को दुधे — माईधार सडक खण्डमा मे १ ख २७४६ नम्बरको यात्रुवहाक बसको ठक्करबाट इलाम चुलाचुली ४ का ३८ वर्षीय राजेन्द्र देवानको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रवनारायण श्रेष्ठले बताए ।

को ३८ प ४१९४ नम्बरको स्कुटीका चालक देवानको घटना स्थलमै मृत्यु भएको स्थानीयले बताएपनि बिर्तामोडको बिएण्डसी अस्पताल लगिएको थियो । उनलाई त्यहाँका चिकित्सकले मृत घोषणा गरेको अस्पतालका जनसंपर्क अधिकारी प्रमिस गिरीले बताए ।

पूर्वबाट तिब्रगतिमा पश्चिम तर्फ गईरहेको बसले सोहि दिसा तर्फ गईरहेको ट्रकलाई ओभर ट्याग गर्ने क्रममा विपरित दिसाको स्कुटीलाई ठक्कर दिएको थियो । स्कुटीमा सवार अर्का पुर्ण राई घाईते भएका छन् । उनको विएण्डसी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना गराउने बस र सो का चालकलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

अब एमाले र माओवादी अलग अलग भएर जाने

Read Next

कनकाई नहरमा महिलाको शव

Leave a Reply

Your email address will not be published. Required fields are marked *