मन्जिल नेपाल, दुधे / सतासीधाम जेसिजको सप्ताह सोमबारबाट सुरु भएको छ । पहिलो कार्यक्रम अन्तर्गत रक्तदान सम्पन्न भएको हो ।
झापाको दुधेमा भएको समुद्घाटन कार्यक्रममा ५० प्रिन्ट रगत संकलन भएको सतासीधाम जेसिजले जनाएको छ । झापा लगायतका क्षेत्रमा रगतको अभाव भएको समाचार बाहिर आएकाले जेसिज सप्ताह कार्यक्रमको पहिलो कार्यक्रम रक्तदान आयोजना गरिएको सतासीधाम जेसिज वर्ष २२ का अध्यक्ष अर्जुन भट्टराईले बताए ।
रक्तदान कार्यक्रमको शिवसताक्षीको एनी क्लोथिङ ब्राड र रिलाइबल पु्रmडर्स प्रा.लि.ले सह आयोजक बनेका थिए ।
जेसीजले एक साता भरी विभिन्न कार्यक्रमको आयोजना गर्नेे छ । मंगलबार बृक्षारोपण कार्यक्रम गर्ने भएको सतासीधाम जेसीजले जनाएको छ ।
त्यस्तै महिला सशक्तिकरण तालिम, लागु पदार्थ दुव्र्यशनी विरुद्ध सचेतना कार्यक्रम, व्याडमिन्टन प्रतियोगिता, सडक दुर्घटना न्यूनिकरण सचेतना कार्यक्रम र जेसीजको अर्धबार्षिक साधारण सभा गर्दै सप्ताह कार्यक्रम समापन गरिने रक्तदान कार्यक्रममा संयोजक दिपसन घिमिरेले जानकारी दिए ।
कार्यक्रममा नेपाल जेसीजका केन्द्रीय उपाध्यक्ष कुमारसिं साँवा, संस्थापक अध्यक्ष कृष्ण पोख्रेल, पूर्व उपाध्यक्षहरु महेन्द्र थापा,जिवन गिरी, , महेन्द्र भट्टराई, कमल सेन्चुरी, जनप्रतिनिधी, प्रहरी लगायतको सहभागिता थियो ।