
पाराबारी, सताक्षी न्युज सम्बाददाता ……….
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ३ ले आफ्ना वडाका नागरिकलाई घर दैलोमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
वडा अध्यक्ष भास्कर न्याैपाने अनुसार स्थानिय पाराबारी बजारमा असोज ३ गते एक दिवसीय निशुल्क स्वास्थ्य सिविर संचालन हुने भएको हो । ‘शिविरबाट वडाका अधिकांस नागरिक लाभान्वित हुने छन्,’ उनले भने ।
निर्वाचनका बेला जनताका घरघरमा मत माग्न जाँदा उनले हरेक नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा राख्ने बचन दिएका थिए । मतदाता सामु गरेको बाचा पुरा गर्ने अभियानमा वडामा पहिलो पटक स्वास्थ्य जस्तो संवेदनशिल विषयमा निशुल्क शिविर संचालन गर्न लागिएको उनले बताएका छन् ।
शिविरमा हाडजोर्नि, महिला रोग, दाँत र फिजिसियन सम्बन्धिका रोगको परिक्षण हुने वडा कार्यपालिकाले जनाएको छ । वडा अध्यक्ष न्यौपानेका अनुसार हाडजोर्नि सम्बन्धी विषेशज्ञ डा मनोजकुमार शाह, महिला रोग विषेशज्ञ डा सीता राई र डा राजेश्वर प्रसाद शाहा, डेन्टल (दाँत) सम्बन्धी डा सोफिया थुलुुङ र डा भववान वाबु शाहा लगायतको चिकित्सकको टोली शिविरमा आउने छ ।
असोज ३ गते सोमबार विहान १० बजे देखि सुरु भएको शिविर साँझ ५ बजे सम्म संचालन हुने शिविर आयोजक शिवसताक्षी नगरपालिका वडा नम्बर ३ की वडा सचिव ईन्द्रकला लिङदेनले बताइन् ।
शिवसताक्षी नगरपालिकामा दोश्रो कार्यकालका लागि नयाँ जनप्रतिनिधि आएपछि वडा नम्बर ३ ले पहिलो पटक आफ्नै वडामा स्वास्थ्य सिविर राखेको हो । यो कार्यक्रमबाट वडा कार्यपालिका वडाका नागरिक प्रति बढी जनउत्तरदायि देखिएकाे स्थानियले बताएका छन् । ‘स्थानिय सरकार अधिकतम जनउत्तरदायि भएको हामिले महसुस गर्न थालेका छौ,’ स्थानिय विपिन भट्टराईले भने ।